हामी देशभक्त छौ शंका छैन ।
राष्ट्रप्रति बफादार छौ शंदेह छैन ।।
तर हामी जे गर्नुपर्छ त्यो कहिल्यै गर्दैनौँ ।
जे गर्नुहुन्न त्यो चाहिँ गरेरै छाड्छौं ।।
बार्ताबाट समाधान खोज्ने ठाउँमा प्रदर्शन गर्छौ ।
बिरोध गर्ने परिस्थितिमा चुप बस्छौं ।।
हामी सहयोग लिने ठाउँमा बिबाद ल्याउँछौ ।
राष्ट्रघाती सम्झौता चाहिँ सुटुक्क गर्छौ ।।
हामी देशभक्त छौ शंका छैन ।
राष्ट्रप्रति बफादार छौ शंदेह छैन ।।
हामी योग्यता नभएपछि राजनीति गर्छौ ।
योग्यता पुगेपछि जागिर गर्न हिड्छौ ।।
हामी शिक्षकलाई उपेक्षा गर्छौ ।
बरू सर्टिफिकेट किन्न तम्सिन्छौ ।।
हामी देशभक्त छौ शंका छैन ।
राष्ट्रप्रति बफादार छौ शंदेह छैन ।।
देशको सीमा मिचिदा हाम्रो हृदयमा चोट पर्छ ।
आक्रोशले सामाजिक संजालका भित्ता भर्छौ ।।
तथापि बाँकी समय सीमाका पहरेदार हरुलाई ।
मधेसी भैया भन्दै हेप्दै नमज्जाले चोट दिन्छौँ ।।
हामी देशभक्त छौ शंका छैन ।
राष्ट्रप्रति बफादार छौ शंदेह छैन ।।
🖋️ निरज बाग