लकडाउनको समयमा सधै सुधार अन्वेषणमा ।
लागेका छौँ हामि शिक्षक पेडागोजि विश्लेषणमा ।।
प्रविधिको विकासमा भित्र भित्रै सल्किएर ।
नयाँ विधि तौरतरिका विकासमा पल्किएर ।।
साना साना शिशुदेखि वयस्क र युवासम्म ।
स्कुल कलेज बन्द भए पीडैपीडा शिरसम्म ।।
कहिले हामी अनलाइन त कहिले हामी भर्चुअल ।
पीडा माथि पीडा छनि के छ र म्याचुअल ।।
सधै शिक्षक प्रताडित सधै हामी दोस्रो दर्जा ।
न वढूवा समयमा न त वेतन आपत पर्दा ।।
हामीले नै बनाएका राष्ट्रसेवक कर्मचारी ।
इन्जिनियर डाक्टर वकिल सुरक्षाका प्रहरी ।।
तर पनि मान छैन राम्रो विधि विधान छैन ।
सुधार गर्ने लक्ष्य सहित ठोस ठूलो प्लान छैन ।।
विज्ञ बन्दै बकमफुसे भाषणका वर्षातहरु ।
बर्साउदा विद भएका ठूला ठूला आपतहरु ।।
पीडै पीडा भरिएर प्रताडित शिक्षकहरु ।।।
- तारामणि न्यौपाने
सहायक प्राध्यापक : महाकाली बहुमुखी क्याम्पस, बेलौरी, कञ्चनपुर
सचिव : अखिल नेपाल शिक्षक संघ, कञ्चनपुर