कैलाली । धनगढी जेसिजका पदाधिकारीले पदस्थापन गरेका छन् । जेसिजको ३८ औँ शाखा अधिवेनमा निर्वाचित अध्यक्ष लगायतका कार्यसमितिका पदाधिकारीको शनिबार पदस्थापन गरिएको हो । अधिवेशनबाट निर्वाचित धनगढी जेसीज वर्ष २०२१ का अध्यक्ष कमल पनेरु, कार्यकारणी उपाध्यक्ष मोहनराज ओझा र लोकराज भट्ट, महासचिव अर्जुन सिह, कोषाध्यक्ष तर्कराज भट्ट, उपाध्यक्ष योगेन्द्र बम, गणेश शाही, पदम सिह बलायर, भरत जोशी, कानुनी सल्लाहकार मुकुन्द सिह, तालिम आयुक्त भुवन पाण्डेले पदभार ग्रहण गरेका हुन् ।
शाखा सम्पादकमा यज्ञराज जोशी, बृद्धी सँयोजकमा नरेश धामी, जनसँम्पर्क अधिकारीमा महेश्वर ओझा, प्रकरण निर्देशकमा यज्ञराज अवस्थी, सचिवमा जर्नादन बम, सहकोषाध्यध्यमा चन्द्रकान्त पनेरु, कोष बृद्धी सँयोजकमा मनिश कुवर, सीप विकास सँयोजकमा गिरीराज भण्डारी, पर्यटन तथा आथित्य सँयोजकमा अवेश चन्द, युवा सँयोजकमा ललित बम, एनजिओ आइएनजिओ सँयोजकमा आशिष शाह, स्वास्थ्य तथा वातावरण सँयोजकमा दिपक गौतम, खेलकुद सँयोजकमा दिपेन्द्र बिष्ट, व्यापार सँयोजकमा कमल बडु र सुचना प्रविधी सँयोजकमा ज्ञानेन्द्र साउदले पदभार ग्रहण गरेका छन् ।
धनगढी जेसिजको वर्ष २०२१ को नेतृत्वका लागि कमल पनेरु र सुरज गिरीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्बाचनमा कमल पनेरुको प्यानलका अधिकांश पदाधिकारी निर्बाचित भएका थिए । पदस्थापन कार्यक्रममा काँग्रेस नेता रमेश लेखक, धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र उपमेयर सुशीला मिश्र भट्टको समेत उपस्थिति थियो ।