कोरोना जब तैले यो जगतमा, आफ्नो गरीस ताण्डव
भित्रै छन् जगका मनुवा जसरी, गुप्तै बसे पाण्डव
सन्सारै भय र सन्त्रासै जगमा, छाइस तलाई के भनू
त जस्ता दुष्ट र विनासकारी रोग त, हुदैन केहि छुनु
यै बेला तिमिमा किन न किन हो, आयो नि पागलपन
शुसासन त दिदै दिदैनौ भनेनी, छोडन धम्काउन
आज मात्रै नसोच ए मूर्ख मनुवा, भोली पनि आउला
संकटै बाट पार लगाय पछि त , तिम्रो नै गुण गाउला
भ्रष्टै छौ छर्लङ्ग पार्दछौ त किन हो, पापी सरी दानव
प्रष्टै छौ अरुको विचल्लिमा खुसी हुने, जुटनै गरौ आहवान
समय वलवान हुन्छ मनुवा, तिम्रो होला त्यै गती
दुइ दिनै नटीक्ने के गरेउ हेर हेर, भ्रष्टै भएछ मति
फेरिन्छ रंग रातको र हुन्छ उदय, लाली छरी जगमा
सुनौला दिनमा रमाउलान दुनिया, खुसी हुदै नभमा
तिम्रा कुचाल र छद्म रुपहरुको उदाङ्गिनेछ एक दिन
सचेत जनले फिराउछन हेर पल, ल्याउने छन सुदिन
तारामणि न्यौपाने (शर्मा)
ठेगााना : बेलौरी-४, कञ्चनपुर
सहायक प्रधानाध्यापक : श्री सरस्वती मावि छाेटिपर्सिया, कञ्चनपुर
सहायक प्राध्यापक : श्री महाकाली बहुमुखी क्याम्पस, बेलौरी, कञ्चनपुर