डम्मर राज भट्ट, कञ्चनपुर, २७ चैत्र । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण व्यक्तिहरूले व्यापार व्यावसाय बन्द गरेर घरभित्रै बसेपछि कन्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा छाडा कुकुर र पशुचौपायाहरू भोकले मर्न थालेका छन् । महेन्द्रनगर बजारका होटल, रेष्टुरेन्ट, तरकारी,किराना पसल लगायत अन्य विभिन्न पसलहरू बन्द भएपछि कुकुर र गाईगोरूहरू रोग र भोकले मर्न थालेका छन्। महेन्द्रनगर स्थित सिद्धबाबा मन्दीर, गल्लि नम्बर ५, मदनचोक, खुलामञ्च, सब्जीमन्डी , हाईवे सडक लगायतका सडकमा छाडा अवस्थामा रहेका दुई दर्जनभन्दा बढि कुकुर र गाईबस्तु खानेकुरा नपाएपछि १८ दिन देखि भोक्भोकै छन् । तीमध्येत केही चौपायाहरू आहारखोज्दै जङगल तिर गईरहेका देखिन्छन् । भने अन्य पशुहरुपनि खानाको अभावमा छटपटाइरहेका स्थानीयवासीले बताएका छन् ।
बिहीबार मदनचो र सिद्धबाबा मन्दिर नजिक छाडा चौपायाहरू भोकले छटपटाइरहेको अवस्थामा देखेर हेल्प नेपालका अध्यक्ष मदन चन्दको टिमले खाना खुआएका छन् । उनिहरूको टिमले मगलबार देखी १० दिन सम्म छाडा कुकुर र छाडा चौपायालाई खाना खुआउने अध्यक्ष चन्दले बताए । त्यसै गरि महेन्द्रनगरको खुलामञ्च नजिकै अर्को एउटा छाडा चैपायाको बथानलाई उहाँकै टिमले खाना ख्वाउदै गरेको देखिन्छ । यतिखेर महेन्द्रनगर बजारका सडकमा १८ दिनदेखि खाना नपाएका छाडा चौपायाको बिजोग देखीन्छ । विश्वभरी फैली रहेको कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनका कारण मानिसहरु आफ्नो घरमा बसेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमले महेन्द्रनगरबजारबासीहरू घरभित्र बस्दा बाहिर छाडा कुकुर र छाडा चौपायाहरू भोकले छटपटाइरहेको देखिन्छन् ।
१८ दिनसम्म भोकभोकै रहेका छाडा कुकुर र छाडा चौपायाहरू मर्ने सम्भावना अधिक रहेको स्थानिय व्यापारी तथा समाजसेवी लबराज भट्टले बताए । उहाँका अनुसार समयमै छाडा कुकुर र छाडा चौपायाहरूको उचित व्यवस्थापन नगरे महेन्द्रनगर बजार दुर्गधित भैई अस्तव्यस्त हुने बताए । पाँच बर्ष यता महेन्द्रनगरबजारमा जिल्लाका बिभीन्न ठाउँहरूबाट लुकिछिपी रोगी र बुढा,असक्त चौपायाहरू छोडेर हिड्ने गरेका छन् । भोकले छटपटाइरहेको अवस्थालाई मध्यनजर गर्दै महेन्द्रनगरका केही यूवाहरूले लकडाउनको समयमा भोकभोकै रहेका छाडा कुकुर र छाडा चौपायाहरूलाई दाँनापानीको व्यवस्था गरेका छन् । युवा तथा व्यापारी संविधान गौउतम, राजबिक्रम भन्डारी, दिपक चन्द, लगाएतले दाना खुवाउने कार्य शुरु भएको बताउनुभयो । “मानिसको जिउने अधिकारजस्तै अन्य पशुपक्षीहरूको पनि हुन्छ”, उनीहरूले भन्नुभयो, “नबोल्ने पशुपक्षी र प्राणीहलरूलाई समेत संरक्षण गर्नु हामी सबैको दायित्व हो ।