काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविको बिहीबार बसेको बैठकले माघ ०९ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो । विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना सङ्क्रमण भएकाले माघ ०९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी सूचना पत्रमा उल्लेख छ ।
