कञ्चनपुर, २० फागुन । भीमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलमा होली महोत्सव सुरु भएको छ । विद्यालयको २० औं वार्षिकोत्सवको अवसर पारी तीन दिने महोत्सव आयोजना गरिएको छ । विद्यालयले फागुन २४ गते आफ्नो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको छ ।
विद्यालयका संस्थापक भुपाल सिह विष्टले मंगलबार एक कार्यक्रमकाबीच महोत्सव उदुघाटन गरे । होली ग्रप अफ स्कुल अन्र्तगतको तिलाचौरमा रहेको ज्ञानोदय पब्लिक एकेडेमीमा महोत्सव उद्घाटन गरे । ज्ञानोदयमा उद्घाटन पछि झाँकी र ¥याली सहित होली फेमली विद्यालयमा आएर महोत्सव सञ्चालन गरिएको छ ।
होली फेमलीमा तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ । ज्ञानोदयमा उद्घाटन गरिएको कार्यक्रममा संस्थापक विष्ट सहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यार्थी, कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय सहभागी भएका छन् ।
होली ग्रप अफ स्कुलका मेनेजर हरि सिह साउँदले बाजागाजा सहित ¥याली गरी होली फेमली स्कुलमा पुगेर महोत्सवको सञ्चालन गरिएको जानकारी दिए । ज्ञानोदयबाट सुरु भएर ¥याली कोरियन चौराह, महाकाली जनसेवा मावि हुँदै महेन्द्रनगर ब्रह्मदेब सम्पर्क मार्ग भएर विद्यालयमा पुगेको थियो ।
महोत्सवमा होली ग्रप अफ स्कुल्सका अन्तर विद्यालय स्तरीय खेलकूद, साँस्कृतिक कार्यक्रम, अतिरिक्त क्रियाकलाप लगायतका प्रतिस्पर्धा मुलक कार्यक्रम गरिने महोत्सव तथा २० औं वार्षिकोत्सव समारोहका संयोजक ब्रह्मदेब चिल्ड्रेनका प्रधानाध्यापक महादेब प्रसाद भट्टले बताए ।
‘विद्यालयले बर्सेनी महोत्सव गर्र्दै आएको छ, यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिएको छ’ संयोजक भट्टले भने,‘ ज्ञानोदयबाट उद्घाटन भएर होली फेमलीमा ¥याली सहित कार्यक्रम समापन गरयो, बुधबारदेखि महोत्सव अन्र्तगतका कार्यक्रम सुरु गर्ने कार्यक्रम छ ।’
महोत्सवमा होली गु्रप अफ स्कुल्स अन्र्तगतका होली फेमली इङ्गलिश मिडियम स्कुल, ब्रह्मदेब चिल्ड्रेन एकेडेमी, ज्ञानोदय पब्लिक एकेडेमी, अमरावती एकेडेमी, होली टेम्पलका विद्यार्थीहरु सहभागी हुने छन् । यसैगरी होली क्लब, होली तेक्वान्दो डोजाङ्ग, होली क्रिकेट क्लबका खेलाडीहरु पनि महोत्सवमा सहभागी हुने छन् ।
यसैबीच होली फेमलीमा २४ गते वार्षिकोत्सव कार्यक्रमलाई भव्य बनाउने गरी तयारी सुरु गरिएको छ । विद्यालयका संस्थापक भुपाल सिह विष्टले वार्षिकोत्सव कार्यक्रममा विद्यालयका सहयोग गर्ने सहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने जानकारी दिएका छन् ।
वार्षिकोत्सव तयारीका लागि ब्रह्मदेब चिल्ड्रेन एकेडेमीका प्रधानाध्यापक महादेब भट्टको संयोजकत्वमा २० सदस्यीय तयारी समिति गठन गरिएको छ । हरि सिह ठगुन्ना सह संयोजक रहेको समितिमा शंकरदत्त जोशी, महादेब विष्ट, राजेन्द्र विष्ट, कृष्णराज भट्ट, रमेश धानुक, राम बहादुर कुँबर, जनक बहादुर चन्द, गौरीदत्त भट्ट, राघव प्रसाद भट्ट, प्रकाश पैतोला, सरस्वती भट्ट, संगिता नाथ, निरा विष्ट, दिपेन्द्र नाथ लगायतका सदस्य छन् ।