विकास सिंह महता, कञ्चनपुर । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पहिलो पटक र्याली निकालेर भव्यताका साथ प्राइड परेड मन्थ 'गौरव यात्रा ' भव्य रूपमा मनाएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिलो पटक प्राइड परेड मन्थ (गौरव यात्रा) भव्यताका साथ मनाएको हो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटिआईक्यू ए प्लस ) समुदायले अङ्ग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरी जुन महिना लाई गौरवको महिनाको रूपमा मनाउँदै आएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अगुवा अर्थात् अधिकारकर्मी एवम् सहयात्रा नेपाल कञ्चनपुरका अध्यक्ष राजु लामाले बताएका छन् । उनले भने, कञ्चनपुरमा पहिलो पटक प्राइड परेड मन्थ (गौरव यात्रा) मनाउँदाको खुसी छुट्टै रहेको छ। जसमा संविधानमा उल्लेख्य गरिएका हक अधिकारको सुनिश्चितताका लागि हाम्रो समुदायलाई सहज हुने छ" उनले भने ।
निलहिरा समाज काठमाडौँको सहयोगमा सहयात्रा नेपाल कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा पहिलो पटक गौरव यात्रा मनाएका छौँ, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय अधिकारकर्मी एवम् सहयात्रा नेपाल कञ्चनपुरकी संस्थापक अध्यक्ष अरुणा सुवेदीले बताउनु भयो। उनले भन्नू भयो, आज हामीले यसरी जनप्रतिनिधि ,विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र समुदायका साथीहरू एक ठाउँमा रहेर कार्यक्रम गर्दा निकै खुसी भएका छौँ। यसले आफ्ना अधिकार प्राप्तिका लागि समेत टेवा पुग्ने छ ।
पछिल्लो समय मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू आफ्नो हक अधिकारका लागि राज्य सामु आई खुल्न थालेपछि पहिलो पटक कञ्चनपुरको महेन्द्रनगरमा गौरव यात्रा उत्सव प्रभातफेरि र्याली निकालेर फिल्यास मोब कार्यक्रमको आयोजना गरेर मनाएका छौँ सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतिले बताउनु भयो। स्थानीय भीमदत्त नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि लगायत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उपस्थितिमा असार २ गते आइतबार र्याली अपराह्नको समयमा पुष्पलाल चोक देखि मदन चोक हुँदै चम्मन चौराहाबाट फर्की संविधान चोकमा आएर सम्पन्न भएको हो। नेपालका सातै प्रदेशका विभिन्न जिल्लामा गौरव यात्रा मनाएको छ। विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गरिन्छ ।
किन मनाइन्छ ‘प्राइड परेड’ गौरव यात्रा ?
सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यो गौरव यात्रा मनाइन थालिएको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक माथि प्रहरीले छापाका नाममा आक्रमण गरी उनीहरू माथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर अङ्ग्रेजी वर्षको जुन महिनामा ‘प्राइड परेड’का नाममा विभिन्न कार्यक्रमहरू गरी मनाइने गरिन्छ ।