मलाई थाहा छ, मैले उनलाई पर्खिनु व्यर्थ हो ।
तर मैले उनलाई गर्ने माया पनि त निस्वार्थ हो ।।
उनलाई पहिलो चोटि मेरा आँखाले देख्न पाउनु मेरो सौभाग्यल।
अब आँखाले उनी बाहेक कसैलाई हेर्न नचाहनु मेरो दुर्भाग्य ।।
उनको बयानमा म के लेखूँ ।
लेख्नलाई शब्द काँ खोजूँ ।।
उनी मेरो सपनाको रानी ।
उनी रूपकी खानि ।।
उनलाई देख्दा ईर्ष्याले बादल भित्र लुक्छ जुन ।
उनका अगाडि फिक्का देखिन्छन् हिरा, मोती, सुन ।।
थाक्दैनन् आँखा उनको सुन्दरता हेरेर ।
थाक्दैनन् कान उनको मधुरता सुनेर ।।
अफसोस म मात्रै हेर्न सक्छु, सुन्न सक्छु ।
उनलाई आफ्ना सपनाहरूमा सजाउन सक्छु ।।
म सक्दिन आफ्नो प्रेम उनका अगाडि छर्लङ्ग पारिदिन ।
म भन्न सक्दिन, तयार छु उनका लागि ज्यानै सुम्पिदिन ।।
उनी त्यो फुल हुन जो माथि कसैको नजर समेत मन्जुर छैन ।
आफ्नो भनी छाती भित्रै लुकाई राखूँ कुनै अधिकार छैन ।।
मागेर पाउन सक्थे भने म जोगी बनी हिँड्न तयार ।
रोएर मिल्थ्यो भने म हर दिन आँसु बगाउन तयार ।।
कहिले काहीँ लाग्छ मेरा आँखा उनले पढ्न सक्या भए ।
म छट्पट्टिएको उनले महसुस गर्न सक्या भए ।।
मैले साँच्चै अर्को जन्म पाएको अनुभूति गर्थे ।
मैले उनी सङ्गको जिन्दगी स्वर्ग महसुस गर्थे ।।
म सक्छु उनलाई हेरेर मात्रै पनि जिन्दगी कटाउन ।
उनका हरेक सपनाहरूमा आफ्ना सपना सजाउन ।।
कामना गर्छु, मात्रै उनले मलाई भुली नदिउन् ।
कुनै गोरेटोमा भेटिँदा बाटो फेरि नदिउन् ।।
...!!🕊️
-एलिना सुनार