रदक्षिण कोरियामा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिताबीच “नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरिया” को प्रथम अधिवेशन तथा साधारणसभा सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । “एकता र आत्मीयता नेपालीको पहिचान, खेलकुद र स्वास्थ्य हाम्रो अभियान” भन्ने मूल नारासहित सम्पन्न उक्त अधिवेशनले प्रवासमा रहेका नेपालीहरूबीच खेलकुदमार्फत स्वास्थ्य चेतना अभिवृद्धि गर्दै आपसी सम्बन्ध थप सुदृढ गर्ने स्पष्ट लक्ष्य अघि सारेको छ ।
अधिवेशनले कमान सिंह राईको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा खिम केसी, उपाध्यक्षहरूमा निकेस आले मगर र स्वीकार राई, महासचिवमा मौसम सोमारे मगर चयन भएका छन् । त्यस्तै सचिवहरूमा सुमन रोका र भला तामाङ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ तथा सह-कोषाध्यक्षमा रबिन भट्टराई निर्वाचित भएका छन् ।
सदस्यहरूमा रोहित लामा, हरि टमाटा, माधब अरियाल, मोहन बिक्रम शाही, सुरेन्द्र ढकाल, देथ थकुरी, राजन थापा, जिबन मगर, हरि आचार्य, सिदार्थ केसी, बैकुण्ठ अरियाल र लोकेन्द्र फौजा मगर रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकारका रूपमा ग्याल्जेन शेर्पा चयन हुँदा अरुण प्रताप खाँड, तेज आले मगर, नरेन नेङ्बाङ र रोहन सुब्बा सल्लाहकारमा मनोनित भएका छन् । संस्थाको संरक्षकका रूपमा दक्षिण कोरियामा परिचित तथा सम्मानित व्यक्तित्व नारायण पौडेल रहनुभएको छ ।
नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सुदूरपश्चिम समाज दक्षिण कोरियाका महासचिव सुरेन गिरीले आगामी दिनमा संस्थाले नेपाली समुदायबीच एकता, आत्मीयता र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, यस कम्युनिटीले खेलकुद गतिविधि विस्तारसँगै युवाहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्दै प्रवासमा नेपाली पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
प्रवासमा रहेर पनि नेपालीपन, स्वास्थ्य र सहकार्यलाई जोड्ने उद्देश्यसहित स्थापना भएको यो कम्युनिटीले आगामी दिनहरूमा नियमित ब्याडमिन्टन प्रतियोगिता, प्रशिक्षण तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत अघि सारेको जनाएको छ ।