अग्नि सुरक्षाको क्षेत्रमा बढ्दो आवश्यकता र सचेतनालाई मध्यनजर गर्दै स्थापना गरिएको NicoFire आज नेपालमा Fire Safety Solution प्रदान गर्ने विश्वसनीय नामका रूपमा अघि बढिरहेको छ। कम्पनीले आधुनिक तथा international standard अनुरूपका ABC Dry Powder, CO₂, Foam, Clean Agent तथा Lithium-Ion Fire Extinguisher हरूको बिक्री तथा आपूर्ति गर्दै आएको छ। यसका साथै Hydrant System, Fire Alarm ,Smock Detector , Fire Drill, Fire safety audit , Fire Blanket, CCTV Camera लगायत अन्य आवश्यक सुरक्षा उपकरणहरू पनि NicoFire मार्फत सहज रूपमा उपलब्ध छन्।

Industrial Area , hospitality , commercial building , Office , Kitchen, Server Room देखि Shop सम्मका लागि आवश्यक सम्पूर्ण Fire Safety Equipment एकै ठाउँबाट उपलब्ध गराउनु NicoFire को मुख्य उद्देश्य हो। कम्पनीले केवल उत्पादन बिक्रीमा मात्र सीमित नरही Technical Consultation, Installation Service तथा After-Sales Maintenance Service समेत प्रदान गर्दै आएको छ। यसले संस्थागत तथा व्यावसायिक क्षेत्रलाई आगलागी जोखिमबाट सुरक्षित राख्न दीर्घकालीन समाधान दिने लक्ष्य लिएको छ।

NicoFire का सञ्चालक कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ०६, प्रेमनगर निवासी ३२ वर्षीय जयदेव कलौनी हुनुहुन्छ। अध्ययनका सिलसिलामा काठमाडौं पुगेपछि औद्योगिक सुरक्षा र अग्नि सुरक्षाको व्यवहारिक आवश्यकता नजिकबाट बुझ्नुभएका कलौनीले आफ्नै मेहनत, लगनशीलता र परिवारको निरन्तर साथले यो व्यवसायिक यात्रालाई यहाँसम्म पुर्याउन सफल हुनुभएको बताउनुहुन्छ। उहाँका अनुसार, “काठमाडौं उपत्यकामा Fire Safety सेवा आज अनिवार्य जस्तै भइसकेको छ, र अब यही आवश्यकता बाहिरी शहरहरूमा पनि तीव्र रूपमा बढ्दै गएको छ।”

व्यवसायिक यात्राको सुरुवात २०१९ सालमा Nico Group अन्तर्गत रहेको Necojobs बाट भएको हो। Necojobs ले National तथा International Company's हरूलाई Payroll Management , Recruitment , Job Portal Service, HR Audit and HRD System Implementation ,Executive Placement / Headhunting , Training & Development , Event Management र HR Consulting Service प्रदान गर्दै आएको छ। यही Group अन्तर्गत Necoshoes पनि सञ्चालनमा रहेको छ, जसले विभिन्न प्रकारका जुत्ताहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

यसै व्यवसायिक अनुभव र नेटवर्कलाई आधार बनाउँदै २०२० सालमा Fire Safety क्षेत्रमा विशेष ध्यान दिँदै NicoFire को स्थापना गरिएको हो। करिब ५–६ वर्षअघि सेवा सुरुवात गरेको NicoFire ले हालसम्म उल्लेखनीय विस्तार हासिल गरिसकेको छ। हाल कम्पनीका शाखाहरू पोखरा, वीरगन्ज, चितवन, दाङ र धनगढी मा सञ्चालनमा छन् भने छिट्टै इटहरी मा नयाँ शाखा खोल्ने तयारी भइरहेको छ। दीर्घकालीन योजनाअनुसार सातै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ।

सुरुवाती चरणमा करिब ५०–५५ लाख रुपैयाँ लगानीबाट स्थापना गरिएको NicoFire हाल ५–६ करोड रुपैयाँभन्दा बढी लगानीको व्यवसायमा विस्तार भइसकेको छ। कम्पनीमा हाल २३ जनाभन्दा बढी दक्ष कर्मचारी कार्यरत छन्। हाल आवश्यक अधिकांश उपकरणहरू भारत र मलेसिया बाट आयात गरिँदै आएको भए पनि भविष्यमा नेपालमै Assembling Plant स्थापना गर्ने योजना रहेको सञ्चालक कलौनीले जानकारी दिनुभयो।

सेवा प्रवाहका लागि NicoFire ले Digital Marketing र Direct Sales Distribution दुवै माध्यम प्रयोग गर्दै आएको छ। साथै, सुदूरपश्चिम क्षेत्रमा लोकप्रिय Social Media Influencer Heri Karki लाई Brand Ambassador का रूपमा नियुक्त गरिएको छ, जसले कम्पनीको ब्रान्ड पहिचानलाई अझ सशक्त बनाएको छ। समग्रमा, आधुनिक प्रविधि, अनुभवी टिम र देशव्यापी नेटवर्कको आधारमा NicoFire ले नेपालमा Fire Safety को क्षेत्रमा भरपर्दो र दीर्घकालीन साझेदार बन्ने दिशामा सशक्त कदम चालिरहेको छ। सुरक्षित भविष्यको आधार तयार पार्दै, “Fire Safety is not an option, it’s a responsibility” भन्ने मूल मन्त्रका साथ NicoFire निरन्तर अगाडि बढिरहेको छ।