कञ्चनपुर, ०७ माघ । ज्योतिष परिषद् नेपालको हालै देवघाटमा सम्पन्न राष्ट्रिय महाधिवेशनले नेपालको ज्योतिष जगतमा एक ऐतिहासिक मोड प्रदान गरेको छ । यस महाधिवेशनबाट दाङका मेघराज आचार्य सर्वसम्मत रूपमा प्रथम अध्यक्षमा सम्माननीय रूपमा चयन हुनुभएको छ । महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी चितवनका भूपेन्द्रराज घिमिरेले पाउँदा कञ्चनपुरका हृदयराज बजगाईँ उपाध्यक्षमा चयन हुनु भएको छ । उहाँ कञ्चनपुरको बेलौरी निवासी हुनुहुन्छ । बेलौरी नगरपालिका कार्यालयमा अधिकृतस्तरको प्राविधिक कर्मचारी हुनुहुन्छ ।

अन्य उपाध्यक्षहरूमा चितवनका माधव सापकोटा, दाङका कमलप्रसाद भट्टराई, जुम्लाका गंगाप्रसाद उपाध्याय 'शंकर', गोरखाका मीनप्रसाद भट्टराई, तेह्रथुमका श्रीकृष्ण गौतम र बाराका पिताम्बर पौडेल पनि चयन हुनुभएको छ । महिला उपाध्यक्षको पदमा चितवनकी सावित्री अधिकारी चयन हुनु भएको बताइएको छ । महासचिवमा दाङका केशव गौतम, उपमहासचिवमा मकवानपुरका लवहरि अधिकारी, सचिवमा चितवनका रामशरण सिंखडा, सहसचिवमा मकवानपुरका बालकृष्ण घिमिरे, कोषाध्यक्षमा मकवानपुरका भूपेन्द्र पौडेल, सहकोषाध्यक्षमा चितवनका कमलप्रसाद कोइराला र प्रचार सचिवमा गोरखाका विदुर पोखरेल 'कल्की' लाई चयन गरिएको छ ।

सदस्यहरूमा सुर्खेतका थानेश्वर रिजाल, स्याङजाका कृष्णप्रसाद पराजुली, काठमाडौका गोकर्णहरि दाहाल, नवलपुरकी सरिता खनाल हुमागाईं, रोल्पाकि तुलसा आचार्य, रुकुम पूर्वका विष्णु देवकोटा, तनहुँकी बसन्ती नहकी, नवलपरासीका कृष्णप्रसाद अर्याल, स्याङजाका देवीलाल सुवेदी, कैलालीका हिराचन्द्र बराल, कास्कीका पूर्णप्रसाद पंगेनी, काठमाडौँका दुर्गाबहादुर कुँवर, रुकुमपूर्वका मदन शर्मा, प्युठानका थानेश्वर न्यौपाने, कपिलवस्तुका आनन्दप्रसाद भुसाललाई चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा शहरी विकास तथा गरिवी निवारण मन्त्री विनु रायमाझी प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रमको दोस्रो दिनको समापन समारोहमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो । महाधिवेशनमा नेपालभरका ५०० भन्दा बढी सम्माननीय ज्योतिषको उपस्थितिमा निर्वाचन सम्पन्न भएको थियो । मुख्य निर्वाचन अधिकृत मणिराज आचार्य 'मौसम'ले पदाधिकारी र सदस्यहरूको चयनको जानकारी प्रदान गर्नुभयो । कञ्चनपुरका हृदयराज बजगाईँको उपाध्यक्षमा चयन हुनु यहाँका ज्योतिष समुदायका लागि गौरवको विषय मानिएको छ ।