Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • गङ्गा दशहरा : लालझाडीमा पनि मेला लाग्ने
गङ्गा दशहरा : लालझाडीमा पनि मेला लाग्ने
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
सोमबार, जेठ १, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ जेठ । हरेक वर्ष ज्येष्ठ शुक्ल पक्षको दशमी तिथिमा मनाइने गङ्गा दशहरा पर्वका अवसरमा यस वर्ष कञ्चनपुरको लालझाडीमा पनि मेला लाग्ने भएको छ ।  लालझाडीमा रहेको अमर ज्योति युवा क्लबले जेठ १५ गतेदेखि गङ्गा दशहरा मेला सञ्चालन गर्ने जनाएको छ । आइतबार दोदा रिभर साइडमा पत्रकार सम्मेलन गर्दै यस वर्षदेखि दोदा नदीको उत्तर-पूर्वपट्टी लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित राम जानकी वन बाटिकामा लालझाडी गाउँपालिकाको सहयोगमा गङ्गा दशहरा मेला सञ्चालन गर्ने आयोजकले जनाएको हो ।

अमर ज्योति युवा क्लबका अध्यक्ष मदन रानाले लालझाडीलाई धार्मिक पर्यटकीय रूपमा चिनाउनका लागि मेला सञ्चालन गर्न लागेको बताउनुभयो । लालझाडी गाउँपालिकाबाट मेला सञ्चालनका लागि अनुमति पाएसँगै अब यही जेठ १५ देखि १९ गतेसम्म मेला सञ्चालन गर्ने तयारीलाई तीव्रता दिइएको उहाँको भनाइ छ । मेलामा बाल उद्यान सहितका विभिन्न सांस्कृतिक कार्यक्रम र व्यापारिक स्टलहरूको व्यवस्था गरिएको मेला आयोजक मूल समितिका संयोजक विनोद रानाले बताउनु भयो ।

लालझाडीका स्थानीय युवा प्रकाश रानाले वर्षौँदेखि अव्यवस्थित रूपमा लाग्दै आएको गङ्गा दशहरा मेला यस वर्षदेखि व्यवस्थित ढङ्गले लालझाडी गाउँपालिकाकै २ नम्बर वडा क्षेत्रमा भव्य रूपमा मनाइने र मेलालाई थप व्यवस्थित गर्न  होमस्टे सहितका कार्यक्रम पनि सञ्चालन गरिने बताउनु भयो ।  कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता आशाराम रानाले वडा सहित पालिकाबाट आवश्यक सहयोग हुने जानकारी दिनुभयो ।

गङ्गा दशहराको समयमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डा स्थित कालेश्वर महादेव मन्दिरमा पूजाआजा गर्न र मेला भर्न कञ्चनपुर, कैलाली सहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् । उक्त क्षेत्रमा दशकौँदेखि मेला लाग्ने गरेको छ । लालझाडी र बेलौरी-पुनर्वासको बिच भागबाट बग्ने दोदा नदीमाथि  पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुल बन्न निक्कै ढिलाइ भएका कारण पनि नदी वार-पार गर्न असहज हुने गरेको छ । त्यसै कारण पनि नदी वारी-पारी दुवैतिर छुट्टाछुट्टै मेला सञ्चालन भइरहेको स्थानीयको बुझाइ छ ।

पौराणिक मान्यता अनुसार ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गङ्गा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ । दश प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई गङ्गा दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०, ०६:५०:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/entertainment/4423
चलचित्र 'निलो फूल' प्रदर्शन 
https://www.nepalbodh.com/others/entertainment/4361
बेलौरी नगरपालिका वडा नम्बर ५ मा माघ मिलन वृहत् सांस्कृतिक कार्यक्रम
https://www.nepalbodh.com/others/entertainment/4345
तेस्राे बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सम्पन्न
https://www.nepalbodh.com/others/entertainment/4339
बेलौरी महोत्सवमा नृत्य प्रतियोगिता : वात्सल्य प्रथम, ब्राइटस्टार द्वितीय र सरस्वती तृतीय
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP