Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • आफ्नै मौलिकताले धनी मानिने थारु समुदायका खानाका परिकार पनि मौलिक
आफ्नै मौलिकताले धनी मानिने थारु समुदायका खानाका परिकार पनि मौलिक
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
आइतबार, माघ १, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ माघ । पश्चिम तराइमा बसोबास गर्ने थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । थारु समुदाय पुस दोस्रो सातादेखि नयाँ वर्षको तयारीमा जुट्ने गर्दछन् । माघी वा माघ नामले पर्वमा रूपमा माघ महिना भरी नै विभिन्न गतिविधि गरी मनाउने गरिन्छ । आफ्नै मौलिकताले धनी मानिने थारु समुदायका खानाका परिकार पनि मौलिक नै छन् । 

जारके झोल अर्थात् जाँडको झोललाई थारु समुदायले सगुनका रूपमा लिने गर्दछन् । माघीको समयमा निकै महत्त्व राख्ने जाँडको झोल (ठाउँ अनुसार छबुवा, छ्याङ, लोकल दारु) लाई भोज भतेरमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । अनदी तथा लोकल चामलबाट तयार पारिने हुँदा चिसो मौसममा शरीरको लागि फाइदा हुने मान्यता रहेको छ । ढिक्री थारु समुदायको परिकारहरू मध्ये विशेष परिकार मानिन्छ । चामलको पिठोलाई मुछेर थरीथरीका आकार दिएर तयार पारिने ढिक्रीलाई पानीको बाफमा स्टिम गरेर मःम पकाएजस्तै तयार गरिन्छ । थारु समुदायले मान्ने पर्वहरू, विवाह व्रतबन्ध लगायत शुभ कार्य तथा उत्सवहरूमा ढिक्रीको पूजा समेत गर्ने गरिएको छ । सामान्यतया चामलको पिठोको मात्र प्रयोग गरेर बनाइने ढिक्रीमा पछिल्लो समय विभिन्न स्वादिष्ट सर सामग्री मिलाउने समेत गरिएको छ ।

घोँगी, थारु समुदायको अर्को निकै लोकप्रिय खानाको परिकार हो । जलचर जीव शङ्खे किराकै प्रजातिका रूपमा घोँगीलाई चिनिन्छ । दलदल खेत, पोखरी, तलाउ लगायत पानी जम्ने ठाउँमा पाइने घोँगीमा पर्याप्त मात्रामा प्रोटिन पाइने भएकाले विभिन्न प्रकारका शारीरिक पिडाबाट राहत दिने मान्यता रहेको छ । पानीमै पाइने अर्को जीव सुतहीको भित्री भाग पनि थारु समुदायको खानाको अर्को परिकार हो । चिसो मौसममा सुतही खाँदा शरीरलाई न्यानो हुने गर्दछ । गँगटोबाट बन्ने परिकार पनि थारु समुदायको खानाको एक परिकार हो । थारु भाषामा गँगटोलाई गेङ्ता भन्ने गरिन्छ । यसका साथै थारु समुदायमा माछा, सुँगुर, बङ्गुर, बोइलर आदिको मासु तथा मासुबाट बन्ने विभिन्न परिकार लोकप्रिय छन् । 

जङ्गल तथा गाउँघरमा फल्ने बयरबाट तयार पारिएको बयरको चटनीलाई थारु समुदायले बैरिक् चट्नी भन्ने गर्दछन् । नुनिलो, अमिलो, गुलियो र पिरोको मात्रा अलिक बढी हुने भएकोले बैरिक् चट्नी निक्कै स्वादिलो हुन्छ । पाकेर रातो भएको बयरको प्रयोग गरी बैरिक् चट्नी बनाउने गरिन्छ । विभिन्न थारु परिकारहरू खाई नयाँ वर्षको रूपमा मनाइने माघी पर्वको विशेषता थारु परिकारले समेत बढाएको छ । पछिल्ला केही वर्षयता ठाउँ ठाउँमा माघी मेला महोत्सवहरूको आयोजना गर्ने गरिएको छ । त्यस्ता मेला महोत्सवहरूमा समेत थारु समुदाय मात्रै नभई गैर थारु समुदाय पनि थारु परिकारको स्वाद लिन उत्साहित देखिन्छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९, १५:५३:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4397
कञ्चनपुर-कैलालीमा रानाथारु सूचीकरण दिवस
https://www.nepalbodh.com/others/lifestyle/4388
फिल्मका निर्माण नियन्त्रक मनोजसँग अभिनेत्री तथा मोडल जेबीकाको इन्गेजमेन्ट 
https://www.nepalbodh.com/others/lifestyle/4363
जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकहरूको सम्झनामा बेलौरीमा पनि शोक सभा
https://www.nepalbodh.com/others/lifestyle/4362
कञ्चनपुरमा छाडा पशुचौपाया व्यवस्थापनमा करोडौँ रकम खर्च; तर समस्या भने ज्युँका त्युँ (भिडियाे)
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP