खन्ने खोस्रने गर्दछौ र फसल उब्जाउछौ र पनि ।
छैन चुल्हो बलेको यो विपत्तिमा, साझ र बिहाननी ।।
ठूला ठूला महल अपार्टमेन्टहरुको निर्माण गरेपनि ।
थातवास गतिलो ओत लाग्ने बुकुरो, आफ्नै नभएपनि ।।
तैपनि नथाकी अनवरत, जुटयौ जहिलेपनि ।
ठुला ठुला सहर बनाउनसधै, थाकेनौ कहिलेपनि ।।
सातै आश्चर्यको निर्माणमा, जुटनेहरुलाई सलाम ।
आफ्नै खेत र पराईका सहरमा, खटने हरुलाई सलाम ।।
तिम्रा नाउमा क्रान्ति नै कतिभए, संघर्षका के कुरा ।
नारा जुलुस उफ्री उफ्री गरिए, आन्दोलन अधुरा ।।
तिम्रो साथ र भोटको समर्थनमाह, मौसुफ बन्ने भए ।
आस्था र निष्ठाका अनुयायीहरु त, विफल हुने नै भए ।।
पहीराउन तछाडमछाड किन नि पगडी र फेताहरु ।
आफ्नै दुनो सोझ्याउने गणितमा, व्यस्त छन नेताहरु।।
राम्रा भनी चुनिएकाहरु पनि, विर्सी घरबारको ।
हावा नै विषालु पो छकी के हो, त्यो शिंहदरबारको ।।
-तारामणि न्यौपाने
सहायक प्राध्यापक : महाकाली बहुमुखी क्याम्पस, बेलौरी, कञ्चनपुर