Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
प्रदेश सरकार
  • Home
  • News
  • सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (भिडियाे सहित)
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (भिडियाे सहित)
Ishan Memorial Hospital Adv
64x64
आइतबार, जेठ २२, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

कञ्चनपुर, २२ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएकाे छ । आइतबार अपराह्न सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार गर्दै दिगो, फराकिलो र उच्च आर्थिक वृद्धिलाई प्राथमिकता दिएको छ । प्रथम पञ्चवर्षीय योजनाको आधार पत्रले तय गरेका विकासका प्राथमिकताका आधारमा दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नति हुने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी प्रादेशिक विकासका योजनामा बजेट विनियोजन गरिने प्रदेश प्रमुख जोशीले बताउनुभयो ।

नीति कार्यक्रममा हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना बहु वर्षीय तथा कर्मागत र अधूरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजनलाई प्राथमिकता दिइएको छ । कार्यान्वयन योग्य, पर्याप्त रोजगारी सिर्जना गर्ने नागरिकको जीवनस्तरमा सुधार ल्याउने प्रादेशिक गौरव, रणनीतिक महत्त्व एवं रूपान्तरणकारी आयोजनाको सम्भाव्यता अध्ययन गरी आयोजना बैङ्कमा सूचीकृत गरी प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै लगिने प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ । नीति कार्यक्रममा कृषिजन्य वस्तुको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने गरी कृषि पशुपक्षी र मत्स्य विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

‘आत्मनिर्भर अर्थतन्त्र हाम्रो चाहना, समृद्ध प्रदेश हामी सबैको चाहना’ भन्ने नाराका साथ आर्थिक विकास र गरिबी निवारणमा योगदान पु¥याउन उद्यम विकास, रोजगार एवं स्वरोजगार मूलक कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने, अर्थतन्त्र सबलीकरणका लागि स्वदेशी र विदेशी लगानी भित्र्याउन आवश्यक नीतिगत र कानुनी व्यवस्था गरी लगानीमैत्री वातावरण सिर्जना गरिने, प्रदेश सरकारको पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गर्दै चालु खर्चको बढ्दो चापलाई न्यूनीकरण गरी सार्वजनिक खर्चमा मितव्ययिता कायम गरिने नीति कार्यक्रममा उल्लेख छ । विगतको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई पुनः स्थापित गर्ने दिशामा आव २०७९÷०८०को नीति कार्यक्रम परिलक्षित गरिएको छ । नीति कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थामा नागरिकको पहुँच बढाउने, वित्तीय अनुशासन कायम गर्ने, प्रदेशको राजस्व सङ्कलन परिचालन, वित्त व्यवस्थापन तथा प्रदेश र स्थानीय तहबिचको राजस्व बाँडफाँडलाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका द्वन्द्व प्रभावित, अपाङ्ग, घाइते, सहिद परिवार, दलित, बादी राउटे, एकल महिला, हलिया लगायत वर्ग र समुदायका स्वरोजगार बन्न चाहने युवायुवतीलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिने योजना नीति कार्यक्रममा समावेश गरिएको छ । ‘प्रदेश सरकार, कृषकको अभिभावक’ भन्ने नाराका साथ कृषि उत्पादन वृद्धिका साथै कृषि उपजको उत्पादन लागत तथा जोखिम घटाउन कृषकलाई विभिन्न खालको सहयोग उपलब्ध गराइने, कृषिजन्य वस्तुको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिइएको छ । ‘आजको लगानी बोट, भोलिको प्रतिफल नोट, आफूलाई चाहिने बीउ, आफैँ उत्पादन गरौँ, मेरो उत्पादन, प्रदेशको पहिचान, नमुना कृषि गाउँ आफैँ बनाऊँ, किसान हुनुमा मलाई गर्व छ, गोठदेखि ओठसम्म स्वच्छ दूध जस्ता कार्यक्रमलाई पनि नीति कार्यक्रममा महत्त्वका साथ समेटिएको छ ।

भूमिहीन, मुक्त हलिया, कमैया, कमलरी, विपन्न वर्ग र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न पहल गरिने, सुरक्षित आवासका लागि मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमलाई विस्तार गरिने, छाडा चौपायाको व्यवस्थापन गरिने, वनको दिगो व्यवस्थापन, वनजन्य उद्योगको प्रवर्द्धन, जडीबुटीको उत्पादन प्रशोधनका लागि उद्योग स्थापना र बजारीकरण, वृक्षारोपण, वन वनस्पति जैविक विविधताको लागि प्रादेशिक सङ्ग्रहालय स्थापनाको पहललगायतका विषय नीति कार्यक्रममा समेटिएको छ । स्वच्छ वातावरण: स्वस्थ जीवन भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिने पर्यटन गुरुयोजनाले निर्धारण गरेका प्राथमिकताका आधारमा पर्यटन प्रवर्द्धन र विकासका गतिविधि सञ्चालन हुने, कैलालीको चिसापानी–सुगरखाल–पण्डौन–खैराला–खानीडाँडा गुरिल्ला ट्रेलको सम्भाव्यता अध्ययन गरी पर्यटकीय पदमार्गका रूपमा विकास गर्ने, ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’ भन्ने नाराका साथ पर्यटन उद्योगसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको नीति कार्यक्रम छ ।

उद्योगको संरक्षण विकास गर्नका लागि ‘एक स्थानीय तह र एक औद्योगिक ग्राम, एक जिल्ला एक विशिष्ट उद्योग’ कार्यक्रम सञ्चालन गरिने, जनआन्दोलन र विगतको सशस्त्र द्वन्द्वका घाइते, अपाङ्ग सहिद तथा बेपत्ता परिवारका सदस्यको लागि आयआर्जन र सृजनशील कार्यका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ । यसै गरी प्राविधिक विश्व विद्यालय सञ्चालनका साथै प्रदेश निर्वाचन क्षेत्र, एक नमुना विद्यालय, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम जस्ता कार्यक्रम पनि समेटिएको छ । खेलकुदको संस्थागत विकास गर्ने, कैलाली र कञ्चनपुरमा बहुउद्देश्यीय रङ्गशाला निर्माण गरिने, स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्ने, खेलकुद प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने नीति कार्यक्रममा उल्लेख छ । सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान, ५० शय्याको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याइने र गेटा मेडिकल कलेज सञ्चालनमा नेपाल सरकारसँग साझेदारी गरिने नीति कार्यक्रममा समेटिएको छ । सिकलसेल एनिमिया, थालासेमिया रोगको उपचार व्यवस्थापन निःशुल्क गरिने, सेती महाकाली र टीकापुर अस्पतालमा डायलिसिस सेवा सञ्चालन गर्ने र डोटी जिल्लामा यो सेवा सुरु गर्न पहल गरिने नीति कार्यक्रममा छ ।

नीति कार्यक्रममा प्रदेशको जलाधार क्षेत्रको एकीकृत विकास तथा व्यवस्थापन गरी जलस्रोतको बहु आयामिक उपयोग गरिने, सिँचाइ नपुगेका ठाउँमा सिँचाइको सुविधा प¥ुयाउने, नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, सम्भाव्य देखिएका साना तथा मझौला जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने, खानेपानी तथा सरसफाइका क्षेत्रमा एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने नीति कार्यक्रममा समेटिएको छ । प्रदेशको स्थायी राजधानी निर्माण गर्न तोकिएको कैलालीको तेघरीमा जग्गा प्राप्ति गर्न नेपाल सरकारसँग पहल गरिने, बढ्दो बसाइसराइ न्यूनीकरण गर्न एकीकृत विकास परियोजना कार्यक्रम सञ्चालन गर्ने, प्रादेशिक यातायात गुरुयोजना तर्जुमा गरिने, मोनोरेल सञ्चालन गर्न पूर्वपश्चिम राजमार्गको चिसापानी गड्डाचौकी सडकखण्डलाई चार लेनको बनाउन सम्भाव्यता अध्ययन गर्ने, आमसञ्चार र पत्रकारिता क्षेत्रको विकास र संस्थागत क्षमता अभिवृद्धि गरिने नीति कार्यक्रममा उल्लेख छ । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गरिने पनि नीति कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख जोशीले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रमकाे पूर्ण विवरण यहाँ भिडियाेमा हेर्न सकिन्छ । 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९, १७:१६:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/pardesh-sarkar/4063
सुदूरपश्चिम प्रदेश : आगामी आर्थिक वर्षकाे बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्ण पाठ सहित)
https://www.nepalbodh.com/pardesh-sarkar/4060
सुदूरपश्चिम प्रदेशको बजेट तथा कार्यक्रम सार्वजनिक (भिडियो सहित)
https://www.nepalbodh.com/pardesh-sarkar/3887
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन
https://www.nepalbodh.com/pardesh-sarkar/3757
प्रदेश सरकारले कोरोना रोकथाममा गरेको कार्य प्रगति र खर्च बारे अन्तरक्रिया
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP