कञ्चनपुर, २७ कार्तिक । विगत एक दशक देखि कञ्चनपुरको पुनर्वासमा पत्रकारिता गर्दै आएका पत्रकार हरिलाल जोशीले शनिबार आफ्नो जन्मदिन शैक्षिक सामग्री सहयोग गरेर मनाएका छन् । हेल्लो पुनर्वास दैनिक पत्रिकाका बेलाैरी-पुनर्वास ब्युरो प्रमुख रहेका जोशीले पुनर्वास-५ मा रहेको गौरीशङ्कर माध्यमिक विद्यालयको बाल कक्षा र एक कक्षाका ४२ जना विद्यार्थीहरूका लागि शैक्षिक सामग्री सहयोग गरेर मनाएका हुन् । विद्यालय बन्द भए पनि पत्रकार जोशीले उक्त शैक्षिक सामग्री आइतबार विद्यार्थीहरूलाई वितरण गरिदिन विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापालाई हस्तान्तरण गरेका थिए ।
जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा गरिब तथा जेहेन्दार बालबालिकालाई थाेरै मात्रामा भए पनि शैक्षिक सामग्री सहयोग गर्न सके बालबालिकालाई केही राहत मिल्ने पत्रकार जोशीले बताए । उनले अरूलाई पनि यस्ता कार्यक्रममा हुने खर्च घटाएर सामाजिक सेवामा खर्च गर्न अनुरोध गरेका छन् । पत्रकार जोशीले सोही विद्यालयबाट कक्षा ४ देखि उच्च माध्यमिक तह सम्मको शिक्षा हासिल गरेका थिए ।