हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ पुस । कञ्चनपुरको लालझाडी गाँउपालिका वडा नम्बर १ बिनवारी र पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया जोड्ने दोदा नदि माथि निर्मित झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत झोलुङ्गे पुल निर्माण गरिएको हो । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको समुपस्थितिमा प्रदेश सभा सदस्य तारा लामा तामाङले शुक्रबार झोलुङ्गे पुलको उद्घाटन गर्नुभयो ।
तस्बीर सौजन्य : पत्रकार लाल बहादुर एस्.के.
करीब १ करोड ९९ लाख लागत खर्चमा दुई सय मिटर भन्दाबढी लम्बाईको झोलुङ्गे पुल निर्माण भएको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बताउनु भयो । पुल निर्माणसँगै सामाजिक, आर्थिक एव सांस्कृतिक गतिविधिमा सहजता भएको स्थानीयको भनाइ छ । लालझाडी गाँउपालिकाका अध्यक्ष मदनसेन बडायकले दोदा नदि माथि तीन ओटा पुल निर्माणका लागि संघीय सरकार समक्ष माग गरेको बताउनु भयो । लालझाडीसँग जोडिएका पुनर्वास र बेलौरीका केही स्थानमा दोदा नदिमाथि स्थानीयले बाँसका अस्थायी पुल बनाएका छन् । जहाँबाट ओहोरदोहोर गरेको समेत केही शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।
NULL