हरिश्चन्द्र बाग, कञ्चनपुर, २० माघ । कञ्चनपुरको बेलौरीमा सम्पन्न नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विज्डम एकेडेमी प्रथम भएको छ भने शान्ति मावि द्वितीय र उग्रतारा बाल विद्यालय तृतीय भएको छ । बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुक्रबार बेलौरी ६, विद्यानगर स्थित महाकाली माविको प्राङ्गणमा सञ्चालित हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई कर कट्टी गरी क्रमशः पन्ध्र हजार, बाह्र हजार र सात हजार पाँच सय रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको शिक्षा शाखा प्रमुख देव बहादुर चन्दले बताउनु भयो ।
प्रतियोगितामा नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत गरी २२ वटा विद्यालयको सहभागिता रहेको बेलौरी नगरपालिकाका सहायक कम्प्युटर अपरेटर अशोक पाण्डेयले जानकारी दिनुभयो । शिक्षा शाखाका प्राविधिक सहायक अमित प्रसाद भट्टले सहजीकरण गर्नुभएको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चौधरी, उपप्रमुख जाेगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, नगर प्रवक्ता हर्क भुल लगायत नगरपालिकाका कर्मचारी सहित प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक प्रतिनिधि र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।