Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
संघीय सरकार
  • Home
  • News
  • राष्ट्रपतिद्वारा संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश (पूर्णपाठ सहित)
राष्ट्रपतिद्वारा संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश (पूर्णपाठ सहित)
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
शुक्रबार, जेठ ५, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । संघीय संसद्को दुवै सदन (राष्ट्रिय सभा, प्रतिनिधि सभा)को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले सरकारले लिएका नीति तथा पहलका कारण अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले सामाजिक सुरक्षाको दायरा बढ्दै गएको, राजस्व चुहावट नियन्त्रण हुँदै गएको, सार्वजनिक सेवा प्रवाहमा सुधार हुँदै गएको र भ्रष्टाचार नियन्त्रणमा सरकार र जनता एकै ठाउँमा उभिनुले लोकतन्त्र प्रति जनताको भरोसा बढेको बताउनुभयो । लगानी र उत्पादनमा वृद्धि गरी अर्थतन्त्रको सुदृढीकरणमा सरकारको सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्ने बताउनुहुँदै राष्ट्रपति पौडेलले अर्थतन्त्रको पुनरुत्थानका लागि राज्यको सबै तहमा सुशासनको प्रत्याभूतिसहित विकास निर्माणका कामलाई तीव्रता दिन र सेवा प्रवाहमा सरलीकरण गरी सामाजिक न्याय सुनिश्चित गर्न सरकार सम्पूर्ण सामर्थ्यका साथ लागिरहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्च वृद्धि, उत्पादन र रोजगारी वृद्धि तथा अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधान गरी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्नु सरकारका प्रमुख नीतिगत प्राथमिकता हुने बताउनुभयो । राष्ट्रपति पौडेलले अर्थतन्त्रको विकासमा निजी क्षेत्रलाई मुख्य साझेदारको रुपमा लिँदै उत्पादन तथा रोजगारीका अवसर वृद्धि गरिने तथा विदेशी लगानीलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गरिने बताउनुभयो । असान्दर्भिक भएका, कार्यमा दोहोरोपन भएका र उद्देश्यअनुसार सञ्चालनमा आउन नसकेका सरकारी संस्थान, समिति तथा कोषहरू एक–आपसमा गाभ्न वा खारेज गर्न आवश्यक कानूनी प्रबन्ध गर्ने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले विकास निर्माणका आयोजनाहरू निर्धारित समयमा सम्पन्न गर्न प्राथमिकता दिने बताउनुभयो । 

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा तयारी पुरा भएका आयोजनामा मात्र बजेट विनियोजन गरिने र राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्वका आयोजनाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताउनुभयो । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने, सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने, गुणस्तरीय बीउ बिजनमा देशलाई क्रमशः आत्मनिर्भर बनाउने, रैथाने बाली तथा नश्लको संरक्षणमा स्थानीय समुदायलाई प्रोत्साहन गर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले कृषि उत्पादन बढाउने, सरकारले प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिने, समयमै रासायनिक मल तथा बीउ उपलब्ध गराउने, बाली लगाउनु अगाडि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने तथा कृषि बीमाको दायरा विस्तार गर्न जोड दिइने बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले विक्रम संवत् २०८० को दशकलाई भ्रमण दशकको रुपमा मनाउने, पोखरा तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न मुलुकसँग हवाई सम्झौता गर्ने, तथा विमानस्थलहरूको स्तरोन्नति गरी हवाई सेवालाई सुरक्षित बनाउन जोड दिने बताउनुभयो । राष्ट्रपति पौडेलले संघीय संसदमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र सबैका घरमा विद्युत् पुर्‍याउने, ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न विपन्न परिवारलाई सुख्खा याममा ३० युनिट र वर्षाको समयमा ५० युनिट सम्म निःशुल्क विद्युत् उपलब्ध गराउने, विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य बीमाको दायरा बढाउने, न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तह मार्फत लघु बीमाको दायरामा ल्याउने उल्लेख छ ।

यस्तै सरकारको वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने, पर्वतारोहणका लागि नयाँ हिमाल आरोहणका लागि खुल्ला गर्ने, रेल र यातायातसँग सम्बन्धित सबै बोर्ड तथा कम्पनीलाई एकीकृत गर्ने, मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा दश वटा नयाँ सहरलाई पहिचानयुक्त सहरको रुपमा विकास गर्ने उल्लेख छ । यस्तै काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रको फोहरमैलाको दिगो र निर्बाध व्यवस्थापनका लागि नीतिगत तथा संरचनागत प्रबन्ध मिलाउने, फोहरमैलाको व्यवस्थापन तथा बहु उपयोगका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने, सुशासनका लागि सूचना प्रविधिको अनुसन्धान, विकास र विस्तारमा जोड दिने विषय पनि सरकारको नीति तथा कार्यक्रममा समावेश छ । यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धनका लागि कानूनी तथा नीतिगत सुधार गर्ने, यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत प्रसारण सेवाको प्रारम्भ गर्ने तथा समानुपातिक विज्ञापन नीति अवलम्बन गर्ने लगायतका विषय पनि नीति कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ ः

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०, २३:४४:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/federal-government/4614
आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट संघीय संसदकाे संयुक्त बैठकमा प्रस्तुत (भिडियो सहित)
https://www.nepalbodh.com/federal-government/4591
सेवा सुविधाहरू समयमै उपलब्ध गराउन राहदानी विभागलाई परराष्ट्र मन्त्री साउदको निर्देशन
https://www.nepalbodh.com/federal-government/4588
नीति तथा कार्यक्रममा समेटियो सुक्खा बन्दरगाह र महाकाली कोरिडोर
https://www.nepalbodh.com/federal-government/4586
प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्र मन्त्री साउदद्वारा छलफल तीव्र 
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP