नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरको अध्यक्षमा रमेश चटौत चयन हुनु भएको छ । नेवि संघ केन्द्रीय समितिले चटौतलाई नेवि संघ जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो । नेवि संघ केन्द्रीय अध्यक्ष दुजान शेर्पाद्वारा हस्ताक्षरित पत्रमा नेवि संघको विधान २०२७ को सातौँ संशोधन ०७५ बमोजिम तीन महिनामा जिल्ला अधिवेशन गर्ने गरी अध्यक्षको जिम्मेवारी दिइएको छ । कञ्चनपुरको वेदकोट बस्ने चटौत विगत १२ वर्षदेखि नेवि संघको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले भुवनेश्वरी मावि सिसैयामा नेवि संघ इकाई अध्यक्षदेखि राजनीति सुरु गर्नु भएको थियो । नेवि संघ कञ्चनपुरलाई एक ढिक्का बनाएर अघि बढाउँदै विद्यार्थीको हकहितमा काम गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।