कञ्चनपुर, ०१ जेठ । अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुरमा रक्तदान गरेको छ । एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले सोमबार महेन्द्रनगरमा रक्तदान गरेको हो । राष्ट्रिय युवा संघ नेपालको ३४ औँ र अनेरास्ववियुको ५९ औँ स्थापना दिवसको अवसर पारेर रक्तदान गरेको जनाइएको छ ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सचिव प्रविन बोगटीले युवा र विद्यार्थी सङ्गठनको स्थापना दिवसमा सामाजिक काम गर्नका लागि रक्तदान गरेको बताउनु भयो । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले अनेरास्ववियु र राष्ट्रिय युवा संघ कञ्चनपुरका २० जना नेता कार्यकर्ताले रक्तदान गरेको बताउनु भएको छ ।
सोही अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयका विद्यार्थीहरूलाई युवा संघ र अनेरास्ववियुद्वारा कापी, कलम समेत वितरण गरिएको अनेरास्ववियुका अध्यक्ष रोकायाले बताउनु भयो ।