Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • कञ्चनपुर १ का दुवै प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी (निर्णय सहित)
कञ्चनपुर १ का दुवै प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी (निर्णय सहित)
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
शुक्रबार, वैशाख २२, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा कञ्चनपुर क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी गरिएको छ । शुक्रबार बेलौरी नगरपालिकाको सभा हलमा आयोजित गोष्ठीमा प्रदेश सभा सदस्यद्वय दिवान सिंह बिष्ट र वीर बहादुर थापा, चार वटै पालिकाका प्रमुख एवं प्रतिनिधि, विषयगत कार्यालयका प्रतिनिधिहरू लगायतको सहभागितामा आगामी आर्थिक वर्षका लागि योजना छनौटका विषयमा छलफल गरिएको हो । दोदा, मोहना, स्याली, पथरिया, चौधर नदीको क्षति नियन्त्रणका लागि तटबन्ध, नदी नाला तथा खोलाहरूमा पुल निर्माण, चक्रपथ निर्माण, सडक कालोपत्रे र मर्मत सम्भार, मन्दिर, विद्यालय, स्वास्थ्य संस्था लगायतका भौतिक संरचना निर्माण, भन्सार नाका, रानाथारु सङ्ग्रहालय, अस्पताल, खेलमैदानको स्तरोन्नति, छाडा पशुचौपाया नियन्त्रण तथा गौशाला निर्माण, सिँचाइ तथा विद्युतीय सिँचाइ विस्तार लगायतका योजनालाई प्राथमिकता दिनुपर्ने माग भएको छ । स्थानीय तह र प्रदेश सरकारका थुप्रै योजनाहरू एकनाशकै हुने विगतको समस्यालाई दोहोरिन नदिन प्रदेश सरकारले गरेको नयाँ अभ्यासको स्थानीय तहका प्रतिनिधिहरूले प्रशंसा गर्नु भएको छ । 

सोही क्रममा कुण्डा सब डिभिजन बन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख, सहायक बन अधिकृत दिनेश कुमार यादवले मानव-वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह र प्रदेश सरकारको समन्वयमा योजना बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो । केही समयअघि बाघको आक्रमणबाट महिलाले ज्यान गुमाउँदा बर्दियाबाट प्राविधिक टोली बोलाई २४ घण्टासम्म खोज तलासमा लाग्नु परेको बाध्यतालाई स्मरण गर्दै यसको समाधानका लागि स्थानीय र प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने उहाँले धारणा राख्नुभयो । गोष्ठीलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय वीर बहादुर थापा र दिवान सिंह बिष्टले गोष्ठीमा प्रस्तावित योजनाहरूलाई प्राथमिकताको आधारमा छनौट गरिने र छुटेका योजनाहरूलाई छलफलबाट समावेश गरिने उल्लेख गर्नुभयो । कर्मचारी र जनप्रतिनिधि समेत मिलेर विकास निर्माणका योजना सफल बनाउनु पर्ने भए पनि एक अर्कामा वैमनस्यता बढ्दै जानु उचित नभएको प्रदेश सभा सदस्यहरूको भनाइ छ । नीति र योजना बनाउने कार्य जनप्रतिनिधिहरूले गर्ने र त्यसको सफल कार्यान्वयन कर्मचारीले गर्नुपर्ने भए पनि समन्वयको अभावमा त्यसो हुन नसकेको उहाँहरूको धारणा छ । कर्मचारीले जनप्रतिनिधिलाई र  जनप्रतिनिधिले  कर्मचारीलाई दोषी देखाएर उम्किने प्रवृत्ति प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँहरूले सबैको सहकार्य र समन्वयमा जनहितमा काम गर्न सकिने बताउनु भयो ।

वडादेखि पालिका हुँदै प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमापछि अब जिल्ला समन्वय समिति हुँदै मन्त्रालयहरू र प्रदेश सभामा समेत छलफल गरिने प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठीका संयोजक महादेव बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को ख  अन्तर्गत बेलडाँडी र बेलौरीका आयोजनाहरूको प्रस्ताव अनुसूची ६ बमोजिमको विवरण पेस भएको छ भने निर्वाचन क्षेत्र नम्बर १ को क अन्तर्गत पुनर्वास र लालझाडीका आयोजनाहरूको प्रस्ताव गोष्ठीमा प्रस्तुत गरिएको र यही बैशाख २५ गतेभित्र सम्बन्धित निकायमा पेस गर्नुपर्ने छ । गोष्ठीले कञ्चनपुर जिल्लाको स्थापनाकालदेखि नै सञ्चालनमा रहेको बेलौरी छोटी भन्सार कार्यालय हाल बन्द रहेको हुँदा उक्त बन्द रहेको बेलौरी भन्सार कार्यालय स्तरोन्नति गरी पुनः भन्सार नाकाको रूपमा सुचारु गरिदिन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै, वन्यजन्तु डार्ट गर्ने सामग्रीको लागि आवश्यक पर्ने बजेट डिभिजन वन कार्यालय कञ्चनपुरमा उपलब्ध गराइदिन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत गरिएको संयोजक बिष्टले बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०, २३:११:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/development/4577
तयार छ बैतडीको पाटनमा विमानस्थल; तर आउँदैन जहाज (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/social/development/4535
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि नागरिक स्तरबाट दबाबमूलक कार्यक्रम
https://www.nepalbodh.com/social/development/4522
कञ्चनपुरमा सीमा विवाद : सांसदद्वारा सरकारको ध्यानाकर्षण; सिडिओद्वारा स्थलगत अनुगमन
https://www.nepalbodh.com/social/development/4508
नेपाली भूमिमा विद्युत् लाइन बिस्तार गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोध
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP