कञ्चनपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको प्रथम जिल्ला परिषद तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा अखिल शिक्षक संगठनको पहिलो परिषद् तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पहिलो परिषद्ले विविध शैक्षिक समस्या र पेसागत हकहित बारे अन्तरक्रिया कार्यक्रममा छलफल गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको विद्यमान शैक्षिक समस्या हल गर्नका लागि एकीकृत अखिल नेपाल शिक्षक संगठनले संघर्ष जारी रहेको बताएका छन् ।
अखिल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल सरकार शैक्षिक सवांद समितिका सदस्य शंकर अधिकारीको प्रमुख अतिथ्यतामा शिक्षक संगठनको पहिलो परिषद् तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । अखिल शिक्षक संगठन कञ्चनपुरको पहिलो परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले संगठनले शिक्षकका साझा समस्या समाधानका लागि निरन्तर वकालतमा लागि परेको बताए । साथै पेसागत शिक्षकको हकहितका लागि कञ्चनपुर शैक्षिक आन्दोलनको अग्र पंङक्तिमा रहेको उनले बताए ।
नेपाल सरकारको शैक्षीक संवाद समितिका सदस्य समेत रहेका अध्यक्ष अधिकारीले शिक्षा निति तत्काल बनाउन सरकारलाई पहल गरिरहेको बताए । ‘शिक्षा निति बनि सकेको छ, त्यसमा हामिले पनि विभिन्न सुझाव दिएका छौ’ उनले भने शिक्षा निति संसदको पेस भएको छ तर पारित हुन सकेको छैन, त्यसका लागि शिक्षक महांसंघले जिम्मेवार निकायको बेला–बेलामा ध्यार्नाकषण गराईरहेको छ ।’ साथै शिक्षक महासंघले सरकारसँग गरेको २९ बुँदे सम्झौता कार्यान्वयनका लागि पनि संगठन लागि परेको उनको भनाई छ । उनले बाल विकास शिक्षकलाई न्युनतम १३ हजार पाँच सय पारिश्रमी लगायत राहत शिक्षक तथा निजि स्रोत शिक्षकको उचित व्यवस्थापन गरिनु पर्ने औल्याए ।
त्यस्तै शिक्षकको दरबन्दी मिलान गर्न तत्काल गर्न सके धेरै जसो शैक्षिक समस्या समाधान हुने उनको तर्क छ । दरबन्दी मिलानका लागि सरकारले छ सदस्यीय कार्यदल बनाई सकेको उनको भनाई छ । अध्यक्ष अधिकारीले शैक्षिक हकहितका लागि अन्तिम संघर्ष गर्न समेत आईपरेको बताए । कार्यक्रमका बिशिष्ठ अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एव सुप संयोजक कृष्ण दत्त जोशी (बोक्सर)ले निमुखा समुदायलाई शैक्षिक मुल धारमा ल्याउनुका लागि संगठनले अथक भूमिका निर्वाह गरेको बताउदै अझैपनि शिक्षा क्षेत्रमा प्रर्याप्त सुधारको आवश्यकता रहेको औल्याए । त्यस्तै कार्यक्रममा बोल्दैँ नेकपा कञ्चनपुरका अध्यक्ष विर बहादुर थापाले शिक्षकका साझा समस्या समाधानका लागि पार्टी तयार रहेको बताए ।
साथै आम शिक्षकलाई संगठीत हुन उनको सुझाव छ । साथै सुखि नेपाली, समृद्ध नेपालको नारालाई सफल बनाउन शिक्षकको महत्वपुर्ण भुमीका रहेको उल्लेख गर्दैँ त्यसमा सबैको सहयोग रहनु पर्ने उनले बताए । नेपालका संघियतापछि भौतिक, सामाजिक विकाससँगै शिक्षक पेसाकर्मीको हितमा पनि निति निर्माण कार्य भएको उनको भनाई छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारले पनि शिक्षकका साझा समस्या समाधानका लागि प्रदेश सरकारले लागि पहल गर्ने बताए । उनले सम्पूर्ण शैक्षिक समस्यामा जोडदिए ।
कार्यक्रममा अन्य शिक्षक संगठनका नेता, बुद्धिजिवीले शैक्षिक सुधारका लागि आवश्यक रहेको औल्याउदै सबै शिक्षक संगठन एकजुट हुनुपर्नेमा जोडदिएका थिए । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव गोबिन्द ढाँटले संचालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यष गगादत्त भट्टले स्वागत मन्तव्य राखेका थिए । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष शेर सिह भाटको अध्यक्षतामा भएको पहिलो परिषद्को संगठनका केन्द्रीय, प्रदेश र जनप्रतिनिधी, बुद्धिजिवी जिल्ला समन्वय समितिका पदाधिकारी तथा शिक्षकको सहभागीता रहेको थियो ।