Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको तयारी पुरा
सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको तयारी पुरा
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
शुक्रबार, फागुन १९, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

कञ्चनपुर, १९ फागुन । शनिबारबाट सुरु हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । लालझाडी युवा क्लब ११ पुनर्वासको आयोजनामा फागुन २० गतेबाट सुरु हुन लागेको मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

प्रतियोगितामा १६ टिमको सहभागिता रहने र सो प्रतियोगिताको विजेताले रु दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र उपविजेताले नगद रु एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिनुभयो । यस्तै उत्कृष्ट खेलाडीलाई रु दश हजार, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीलाई जनही रु पाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई एक हजार एक सय दिइने आयोजकले जनाएको छ ।प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापाले गर्ने आयोजकले जानकारी दिएको छ । उक्त प्रतियोगितालाई आयोजकले कञ्चनपुर जिल्लाकै हालसम्मको सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता दाबी गरेको छ ।

फागुन ३० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको मुख्य प्रायोजकमा पुनर्वास नगरपालिका वडा नम्बर १० रहेको छ भने सह प्रयोजकमा श्री चन्द्र सूर्य इँटा उद्योग पुनर्वास १० रहेको छ । यस्तै प्रतियोगिताको संरक्षकमा पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका तथा कञ्चनपुर जिल्ला फुटबल सङ्घ रहेका छन् ।  ड्रिम एजुकेसन कन्सल्टेन्सी सेन्टर धनगढीले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गर्ने भएको छ । यस्तै उत्कृष्ट खेलाडी प्रायोजकमा सुदूरपश्चिम फुटबल एकेडेमी पुर्नवास, उत्कृष्ट फरवार्ड प्रायोजकमा एमबीएल स्टिल एण्ड आल्मुनियम उद्योग धनगढी, उत्कृष्ट मिड फिल्डरको प्रायोजकमा एबीडी निमार्ण सेवा धनगढी रहेको छ ।

यस्तै रिदम फलसिलिङ डेकोरेसन हाउस धनगढीले उत्कृष्ट डिफेन्सको पुरस्कार दिनेछ भने डी एण्ड डी ट्रेड एण्ड कनर्स उत्कृष्ट गोल रक्षकको प्रायोजकमा जोडिएको छ । प्रतियोगिताको सर्वाधिक गोल कर्ता प्रायोजकमा श्री विजय मावि पुनर्वास १०, उदयमान खेलाडी श्री फारवेष्ट ईन्टरनेशनल स्कुल पुनर्वास १० रहेको छ । बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैक पुनर्वास ३ कञ्चनपुर जोडिएको छ भने हस्पिटल पार्टनरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी र मिडिया पार्टनरमा नागरिक आवाज अनलाइन जोडिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९, २३:२९:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/sports/4476
छनोट लिग क्रिकेट प्रतियोगितामा बेलौरी नगरपालिका वडा नम्बर ४ को टिम प्रथम
https://www.nepalbodh.com/social/sports/4446
कालिकाको खेलमैदानमा उसैलाई स्तब्ध पार्दै बेलडाँडी बन्यो बिजेता
https://www.nepalbodh.com/social/sports/4424
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि भीमदत्तलाई
https://www.nepalbodh.com/social/sports/4418
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP