हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ बैशाख । सुदूरपश्चिम प्रदेशमा मंगलबार बिहान भूकम्प गएको छ । नेपाली समय अनुसार मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङको लेखगाउँ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ आसपासका जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको बताइएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।