हरिश्चन्द्र बाग, कञ्चनपुर, १० फागुन । कञ्चनपुर प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ असैना बस्ने महेश डगौरालाई ०.८८ ग्राम लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो । उनी माथि कानुन बमोजिम थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।