हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ बैशाख । कञ्चनपुरको महेन्द्रनगरबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका १८ सालघारी बाट सोही ठाउँ बस्ने कमलेश गिरी र पङ्कज चन्दलाई पक्राउ गरेको हो । शङ्का लागी खान तलासी गर्दा कमलेश गिरीको साथबाट शुद्ध तौल १.९७ ग्राम र पङ्कज चन्दको साथबाट ०.९४ ग्राम गरी जम्मा २.९१ ग्राम लागु औषध (खैरो हेरोइन), नगद रु. बत्तिस हजार छ सय पैँतिस नगद, मोबाइल सेट तीन थान र पटाका तीन थान समेत कानुन बमोजिम बरामद गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।