काठमाडौँ, २९ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ९० जना पक्राउ परेका छन् । काठमाडौँबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र सङ्खुवासभाबाट ७ जना गरी जम्मा ९० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ, शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसै गरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ८ सय ५५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ बाँसखेडा बस्ने भीम बहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय इन्द्र पाठक समेत २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५८ हजार ६ सय ९४ रुपैयाँ र तास २०८ पत्तीसहित पक्राउ गरेको हो । यसै गरी सोही नगरपालिका-१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश खत्री लगायत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार ४ सय ६० रुपैयाँ र तास गड्डी ५ थान सहित पक्राउ गरेको हो । यसै गरी कञ्चनपुर, बेलौरी नगरपालिका-६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बहादुर राना समेत ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ४० रुपैयाँ र तास १ गड्डीसहित पक्राउ गरेको हो ।
सिन्धुली, सुनकोशी गाउँपालिका-६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ६० रुपैयाँ, १ गड्डी तास र ३३ वटा कौडा सहित पक्राउ गरेको हो ।
डडेलधुरा, अमरगढी नगरपालिका-१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय ओम प्रकाश जोशीसमेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ३ सय ७९ रुपैयाँ र तास २ सय ५२ पत्ता सहित पक्राउ गरेको हो ।
दार्चुला, महाकाली नगरपालिका-५ गल्फै बस्ने ३२ वर्षीय केशव दत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ३ सय रुपैयाँ र तासको गड्डी ६ थानसहित पक्राउ गरेको हो ।
सङ्खुवासभा, चैनपुर नगरपालिका-३ तिनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेम बहादुर कटुवाल लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ३ सय २५ रुपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।