हरिश चन्द्र बाग, कञ्चनपुर, ०७ बैशाख ।



यी तस्बिरहरु हुन्, कञ्चनपुरको पुनर्वास स्थित आइबिआरडी बजारका । गएराति ३ बजेदेखि स्थानीय व्यापारीले चिसो पेय पद्दार्थ (डिउ) बिक्रि वितरण शुरु गरेपछि सयौँको संख्यामा स्थानीय ग्राहकहरु डिउ किन्न त्यहाँ पुगे । अत्यधिक भिडभाड भएको खबर पाएपछि नेपाल प्रहरीको टोली समेत त्यहाँ पुग्यो । तर प्रहरी टोलीले समेत उक्त भिडलाई नियन्त्रणमा लिन सकेन । प्रहरीले भिड कम गराउन खोज्दा स्थानीय ग्राहकहरुले प्रहरी माथि नै झम्टिने प्रयास समेत गरेका थिए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन नेपाल सरकारले देशभर नै बन्दाबन्दी (लक डाउन) जारी गरेको छ । यो अवधिमा कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि सरकारको निर्णयलाई कडाइका साथ पालना गर्ने जनाएको छ । तर पुनर्वास नगरपालिकाले केही दिन पहिले कार्यपालिका बैठकबाटै औषधी पसलहरु नियमित र खाद्यान्नका पसलहरु प्रत्येक आइतबार बिहान ७ देखि १० बजेसम्म र प्रत्येक बुधबार साँझ ५ देखि ७ बजेसम्म खोल्न पाउने र आवश्यक परेका ग्राहकहरुले खरिद गर्न पाउने निर्णय गरेको पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले जानकारी दिनुभयो । नागरिकको सहजताका लागि गरिएको निर्णयले अव्यवस्थित परिस्थिति सृजना हुन थालेपनि कार्यपालिकाले उक्त निर्णयमा पुनर्विचार गर्न सक्ने उहाँले बताउनु भएको छ ।
NULL