Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • बोट समुदायका महिलाहरूलाई सिलाइ कटाइ तालिम
बोट समुदायका महिलाहरूलाई सिलाइ कटाइ तालिम
Ishan Memorial Hospital Adv
64x64
आइतबार, असार ५, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ असार । कञ्चनपुरको बेलौरी नगरपालिकाले बोट जाती तथा पिछडिएको वर्गका महिलाहरूलाई सिलाइ कटाई सम्बन्धी तालिम प्रदान गरेको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बेलौरी नगर क्षेत्र भित्रका बोट जाति तथा पिछडिएका महिलाहरूका लागि निःशुल्क सिलाई कटाई तालिम सञ्चालन गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले बताउनु भयो । 

गत चैत्र १ गतेबाट सञ्चालित तीन महिने सिलाई कटाई तालिमको आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । सो समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले अल्पसङ्ख्यक बोट समुदायका महिलाहरूलाई सीप प्रदान गरी आयआर्जनसँग जोडेर परम्परागत कुप्रथाबाट बाहिर ल्याउन उक्त तालिम प्रदान गरिएको बताउनु भयो । पछाडि परेको समुदायलाई मूलधारमा ल्याउन बेलौरी नगरपालिकाले जीवनोपयोगी कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनु भएको छ । हरेक व्यक्तिको न्यायमा केन्द्रित रहेर बेलौरी नगरपालिकाले दीर्घकालीन योजना बनाइरहेको नगर प्रमुख चौधरीको भनाइ छ ।

त्यस्तै, बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले उक्त तालिमबाट लक्षित समुदायको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । आत्मनिर्भर बनाउन सक्ने तालिम प्रदान गरिएकोले त्यसको सदुपयोग गर्न पनि नगर उपप्रमुख चौधरीले अनुरोध गर्नुभएको छ । आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने उहाँले उल्लेख गर्नुभयो । एक्काइसौँ शताब्दीमा पनि अझै घुंघट प्रथामै रहेर जीवन व्यतीत गर्नु दुखद भएको बताउँदै उहाँले आम नागरिक सरह खुलेर सामाजिक गतिविधिमा संलग्न हुन पनि उक्त समुदायलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विषराम रानाले उक्त समुदायका अन्य महिलाहरूलाई समेत सीपमूलक तालिममा समावेश गर्न आवश्यक रहेको बताउनु भयो ।

सीप सिकी व्यवसाय सञ्चालन गर्न इच्छुक बोट जाति तथा पिछडिएको वर्गका १८ जना महिलाहरूले तालिम प्राप्त गर्नुभएको बेलौरी नगरपालिकाका नायब सुब्बा राधा तिमिल्सेनाले जानकारी दिनुभयो । तालिम सञ्चालनका लागि पहिलो पटक प्रकाशित सूचनामा कसैको निवेदन नपरेपछि क्रमिक रूपमा उक्त समुदायमै गई निवेदन लिने कार्य गरिएको र तालिमको सुरुवाती चरणमा सहभागी गराउन समेत हम्मेहम्मे परेको स्मरण गर्दै तिमिल्सेनाले बोट जातिको जीवनस्तर माथि उकास्न अझै धेरै प्रयत्न गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ को हलमा सञ्चालित तालिममा दक्ष प्रशिक्षकद्वारा तालिम प्रदान गरिएको थियो । तालिममा सहभागी महिलाहरूलाई एक एक थान सिलाई मेसिन सहितका उपकरण समेत दिइएको छ ।

सिलाइ कटाई सम्बन्धी तालिममा सहभागी बोट जाति तथा पिछडिएको वर्गका महिलाहरूले प्राप्त सीपलाई सदुपयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । पारिवारिक बन्धन र कुप्रथामा जकडिएर रहेका बोट समुदायका महिलाहरूले आफूहरू उक्त परम्पराबाट बाहिर आउन चाहेको सङ्केत देखाउनु भएको छ । बोट समुदाय निक्कै पछाडि परेको छ । त्यसमा पनि महिलाहरूको जीवनस्तर अझै साँघुरो घेरा भित्र सीमित छ । यसबाट उक्त समुदायको जीवनशैली परिवर्तन गर्दै मूलधारमा ल्याउनका लागि राज्य संयन्त्रले थप कार्यक्रमहरु गर्नुपर्ने आवश्यकता रहेको छ । उक्त समुदायलाई लक्षित गरी शैक्षिक, जनचेतनामूलक र सीपमूलक कार्यक्रमहरु गर्न सकेमा जीवनस्तर सुधार गर्न सकिने देखिन्छ ।
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९, ११:३०:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4076
अन्तर्राष्ट्रिय एकल महिला दिवस विशेष कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4070
अनुगमन तथा समीक्षा कार्यक्रम 
https://www.nepalbodh.com/others/lifestyle/4062
स्वास्थ्य सुरक्षा सामग्रीहरू वितरण
https://www.nepalbodh.com/others/lifestyle/4058
धर्मनिरपेक्षता खारेज गरी पुनः हिन्दु राज्य बनाउनु पर्ने माग
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP