Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
बुधबार, माघ ४, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

काठमाडौं, ४ माघ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको बिक्री मूल्य निर्धारण गरेको हो ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको जानकारी दिनुभयाे । 

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो । सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो । उहाँका अनुसार ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले दिएको अनुदान हो ।

किसान असन्तुष्ट ।।

सरकारले तोकेको उखुको मूल्यमा किसानहरु भने असन्तुष्ट छन् । किसान प्रतिनिधिहरुले पछिल्लो केही वर्षमा बढेको चिनीको मूल्यका आधारमा उखुको मूल्य तोक्नु पर्ने माग गरिरहेका थिए । उखुको मूल्य प्रतिक्विन्टल ७ सय रुपैयाँ तोक्न माग गरिए पनि कृषि मन्त्रालय ५३५ रुपैयाँबाट माथि नगए पछि थप वार्ता नै नगरिएको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भयाे । ‘चिनीको मूल्यको आधारमा उखुको मूल्य तोक्न भनेका थियौं,’ मैनलीले भन्नुभयाे, ‘हाम्रो कुरा सुनुवाइ गरेजस्तो गरेर ५ रुपैयाँ थपिदिएछन् ।’ उद्योगपतिको कुरा सुनेर सरकारले निर्णय गरेको भन्दै उनले किसान सरकारकै कारण मारमा परेको बताउनु भयाे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७७/७८ मा नेपालमा ३१ लाख ६० हजार मेट्रिकटन उखु उत्पादन भएको थियो । याे समाचार अनलाइनखबरबाट साभार गरिएकाे हाे ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९, २३:४८:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/agriculture/4384
उखु खेती विस्तार र प्रवर्धनका लागि बहुसरोकारवाला पक्षबिच कार्यशाला गोष्ठी
https://www.nepalbodh.com/social/agriculture/4368
तोरी खेतीमा किसानहरूको आकर्षण बढ्दै (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/social/agriculture/4340
पुनर्वासका किसान वन्यजन्तुबाट पीडित; बाली जोगाउन स्थानीय तहको पहल शून्य
https://www.nepalbodh.com/social/agriculture/4245
तयार भएको धानबाली वर्षाका कारण डुबानमा पर्दा कञ्चनपुरका किसानहरू मर्कामा
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP