बैशाख ६ गते मंगलबार र ७ गते बुधबार देशव्यापी रूपमा ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई ‘भिटामिन ए’ र १२ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई ‘भिटामिन ए’ का साथै जुकाको औषधि समेत खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ ।