हरिश्चन्द्र बाग, कञ्चनपुर, बैशाख २७ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ रिछाहबाट ३ ग्राम ६५ मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन र एक थान सानो तराजु सहित बेलौरी नगरपालिका वडा नम्बर ३ खिरिया बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।