Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • फोहोर व्यवस्थापनको टुङ्गो लगाउन नसक्दा प्रमुख प्रशासकीय अधिकृत विक हैरान
फोहोर व्यवस्थापनको टुङ्गो लगाउन नसक्दा प्रमुख प्रशासकीय अधिकृत विक हैरान
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
शुक्रबार, फागुन १९, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv
हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयले फोहोर व्यवस्थापनको टुङ्गो लगाउन सकेको छैन । विगत केही महिनायता बेलौरी बजार लगायतको फोहोर व्यवस्थापन गर्न नगरपालिका उदासीन देखिएको छ । विगतमा बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगर स्थित सामुदायिक बन परिसरमा फोहोर फाल्ने गरिएको थियो । बन परिसरमा प्रतिकुल असर पर्ने गरी जथाभाबी फोहोर फाल्ने गरेको जनगुनासो बढेपछि आवश्यक प्रक्रिया पूरा नगरी बन क्षेत्रमा फोहोर फाल्ने गरेको बेलौरी नगरपालिका कार्यालयको नाममा एक महिना अगाडि मात्रै कुण्डा सवडिभिजन बन कार्यालय पच्कडियाले उक्त कार्य नगर्न नगराउन परिपत्र नै गरेको थियो । त्यसयता बेलौरी नगरपालिकाले बेलौरी बजारको पनि फोहोर उठाएको छैन ।

यस विषयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकलाई सोध्दा उनले फोहोर व्यवस्थापनको टुङ्गो लगाउन नसक्दा हैरान भएको प्रतिक्रिया दिएका छन् । “फोहोर काँ लगेर फाल्ने भन्ने समस्या छ । अब यो समस्या त म पहिला बस्दाखेरि पनि यस्तै थियो । अब जनप्रतिनिधि आएपछि नि यसलाई व्यवस्थापन गर्न पहल त भएछ अलिअलि तर अहिले पनि उस्तै छ ।” उनी भन्छन् । फोहोर व्यवस्थापनका लागि भन्दै रु. २ करोड ५० लाख रकम विशेष अनुदानबाट आएको भए पनि नगरपालिकाले उचित स्थान छनौट गर्न नसक्दा उक्त बजेट फिर्ता जान सक्ने देखिन्छ । 
 
वडा नम्बर २ लगायतका केही ठाउँमा खाली जग्गा रहेको जानकारी आए पनि त्यहाँ स्थानीयले फोहोर फाल्न नदिने भनेपछि जग्गाको खोजीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विकको भनाइ छ । “त्यो ठाउँ नपाएर व्यवस्थापन गर्न गाह्रो छ । अब अहिले उठाउन त हाम्रा गाडीहरू जान्छन्, उठाउँछन् । म कर्मचारी पनि नपुग भए थप दुई तीन जना अझै राखूँ भन्नेमा छु ।” उनी भन्छन् । बेलौरी नगरपालिका क्षेत्र भित्र ३ वटा ठूला बजार सहित दर्जनौँ ससाना बजार क्षेत्र भए पनि हालसम्म नगरपालिकाले बेलौरी बजारको पनि केही भागको मात्र फोहोर उठाउने गरेको बेलौरीका व्यवसायीहरू बताउँछन् । नगरपालिकाबाट फोहोर लैजाने कर्मचारी बेलौरी बजार क्षेत्रमा कतिखेर आउँछन् भन्ने पनि धेरै बजारवासीलाई थाहा छैन । फोहोर व्यवस्थापनका लागि कति कर्मचारी कार्यालयमा भर्ना गरिएको छ र तिनीहरूले कुन समयमा फोहोर व्यवस्थापन गर्छन् भन्नेमा पनि बजारवासी अनविज्ञ देखिन्छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९, २२:५१:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4491
बेलौरीमा औद्योगिक ग्राम : सम्झौता गरी चेक बुझेको तीन वर्ष पूरा; तर हात्ती आयो हात्ती आयो फुस्सा
https://www.nepalbodh.com/local-government/4483
बेलडाँडीमा १५ शय्याको अस्पताल भवनको शिलान्यास
https://www.nepalbodh.com/local-government/4480
वेदकोटका छाडा पशु चौपायाको स्थानान्तरण (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/local-government/4471
लालझाडीमा योजनाको अनुगमन
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP