हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्याल (विनोद) लाई नगर प्रवक्ताको जिम्मेवारी दिएको छ । नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार अर्याललाई नगर प्रवक्ताको जिम्मेवारी दिइएको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिनुभयो । २०७४ असारमा पहिलो पटक पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडाध्यक्षमा निर्वाचित अर्याल २०७९ बैशाख मा भएको स्थानीय तह सदस्य निर्वाचनमा पनि सोही वडाबाट वडाध्यक्षमा दोहोरिनु भएको हो ।