डोटी, २१ माघ । सुजङ्ग अस्पताल डोटीमा महिला रोग विशेषज्ञ डाक्टर नितु यादव आउने भएकी छन् । प्रशुति गृह काठमाडौंकी महिला रोग विशेषज्ञ डा. यादव माघ २७ गते आउने अस्पतालले जनाएको छ ।
डाक्टर यादवले महिलाको बाँझोपन पाठेघर खसेको वा खसे जस्तो हुने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनी मार्ग दुख्ने, चिलाउने, सुख्खा हुने, पोल्ने सेतो पानी बग्ने, गन्ध आउने, विविरा आउने, स्तन दुख्ने, स्तनमा गाँठागुँठी भएको मासु पलाएको जस्ता समस्याको उपचार गर्नेछन् ।
यस्ता लक्षण देखिएका बिरामिले फोनबाट समेत नाम दर्ता गर्न पाउने ब्यवस्था गरिएको अस्पतालका प्रशासकिय प्रमुख अर्जुन बलायरले बताए । विरामिले नाम दर्ता गर्नका लागि ०९४–४४०३१६ , ९८४८४७८७७३ मा सम्पर्क गर्न सक्ने छन् । अहिले अस्पतालमा एम्बिबिएस् डाक्टर मोहन पुजारीले सेवा दिदै आएका छन् ।
NULL