बैतडी, १२ असोज । बैतडीको दशरथचन्द नगरपालिका-४, देवलहाटस्थित सहस्त्रलिङ्ग मन्दिरमा पहिलोपटक ११५ किलोग्राम तौलको विशाल घण्टी चढाउने ऐतिहासिक अभियान सुरु भएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने यो मन्दिरलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य यस अभियानसँग जोडिएको छ ।

धार्मिक परम्परा र भक्तजनको आकर्षण
साउन महिनाको अन्तिम सोमबार नेपाल पञ्चाङ्ग निर्णायक समितिमा दर्ता गरिएको रुद्री अभिषेक पूजाआजा र पाठ मेलामा हरेक वर्ष हजारौँ भक्तजन पूजाआजा गर्न आउँछन् । हरिद्वार पुग्न नसक्ने भक्तका लागि यहाँको शिव कुण्ड पवित्र स्नानस्थलका रूपमा मानिन्छ । स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । मन्दिर प्रांगणमा रहेको करिब ५०० वर्ष पुरानो पीपलको रुख धार्मिक ध्यान, विश्राम र आस्थाको प्रतीक बनेको छ ।

धार्मिक पर्यटनमा सहजता
सडकमार्गको पहुँच सहज भएकाले सहस्त्रलिङ्ग मन्दिरसम्म यात्रुहरू सजिलै पुग्न सक्ने भएकाले धार्मिक पर्यटनमा समेत वृद्धि भएको छ ।
अभियानमा सहभागिताका उपाय
मन्दिरको धार्मिक महत्व बढाउने र धरोहर संरक्षण गर्ने अभियानमा सहभागी हुन इच्छुक भक्तजनका लागि विभिन्न उपाय प्रस्ताव गरिएको छः
सुझाव, सल्लाह र प्रचारप्रसार
आर्थिक तथा भौतिक सहयोग
सम्पूर्ण शिवभक्तलाई पुण्य अभियानमा सहभागी हुन आग्रह
पूजापाठ परम्परा
रुद्री अभिषेक पूजा: कुल गुरु दुर्गादत्त भट्ट
सहस्त्रलिङ्ग पूजा: कमलदेव भट्ट, भण्डेर मार्कण्ड परिवारका सदस्य
अक्षय कोषको स्थापना
सहस्त्रलिङ्ग मन्दिरसँगै नेपालकै दुर्लभ अक्षय कोष स्थापना गर्ने तयारी गरिएको छ । यसले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै अन्तर्राष्ट्रिय प्रचारप्रसारमा टेवा दिने अपेक्षा गरिएको छ ।
सहयोगका लागि विवरण
बैंक: कृषि विकास बैंक लिमिटेड, साहिलेक बैतडी
खाता नं.: 0823805633338012
सहस्त्रलिङ्ग निर्माण समिति अध्यक्ष: गणेश दन्त भट्ट
सम्पर्क: उद्धव सिंह मार्कण्ड : 9863680660