काठमाडौं, नेपाल । भारतको गुजरातस्थित नम्बर १ कपडा कम्पनी ‘अजमेरा फेशन इंडिया’ ले अब नेपालमै विधिवत रूपमा बिक्री सुरु गरेको छ । कम्पनीले काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी भवनको तेस्रो तलाबाट सेवा उपलब्ध गराउन थालेको हो । ग्राहकले अब सो स्थानबाट भारतकै फ्याक्ट्री दरमा सामान प्राप्त गर्न सक्नेछन् ।
सन् १९९२ मा स्थापना भएको अजमेरा फेशन भारतको प्रतिष्ठित कपडा कम्पनी हो । मासिक १० लाख युनिट उत्पादन क्षमतासहित कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका अग्रणी टेक्सटाइल व्यवसायी मानिन्छन् । १ लाखभन्दा बढी बिक्रेता रहेको यस कम्पनीले ३० भन्दा बढी देशमा व्यापार विस्तार गरिसकेको छ भने १ अर्बभन्दा बढी ग्राहकको मन जितेको दाबी कम्पनीले गरेको छ ।
नेपालमा यसअघि विभिन्न माध्यमबाट सामान आयात हुँदै आएको भए तापनि अधिकृत प्रतिनिधित्व नहुँदा बजारमा अनियमितता देखिएको थियो । त्यसैले कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता ‘ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रा. लि.’ नियुक्त गरेको हो ।
उक्त कम्पनीकी अध्यक्ष सफल महिला उद्यमी मोतिना चन्द हुन् । उनी प्रीफ्याब प्यानल नेपाल (नेपालकै सबैभन्दा ठूलो प्रीफ्याब कम्पनी), ब्लक बुल मल्टिपर्पोस (अलकत्रा आयात), र जे. बी. अटोमोटिभजस्ता कम्पनीहरू सफलतापूर्वक सञ्चालन गर्दै आएकी छिन् ।
अब ब्लक बुल गार्मेन्ट ट्रेडिङको माध्यमबाट नेपाली बजारमा महिलाका लागि सारी, कुर्ता, लेहङ्गा, पुरुष र बालबालिकाका लागि शर्टिङ, सुटिङ लगायत सम्पूर्ण कपडा वस्तुहरू उपलब्ध हुनेछन् । सबै सामग्री भारतको उत्पादन स्थलबाटै, कुनै चोरी निकासी नगरी, राजस्व तिरेर कानुनी रूपमै नेपाल भित्र्याइने कम्पनीको स्पष्ट प्रतिबद्धता छ ।
कम्पनीको नेपाल प्रवेश प्रक्रिया पत्रकार महासंघकी सचिव तथा ब्लक बुलकी निर्देशक सोनी शर्माको संयोजनमा सम्पन्न भएको हो । सामाजिक सञ्जालको विस्तार तथा ब्राण्डको सशक्त उपस्थिति निर्माणमा शर्माको अनुभव उपयोगी हुने विश्वास गरिएको छ ।
त्यस्तै, कम्पनीको जनसम्पर्क तथा प्रचारप्रसार पक्षलाई अझ सशक्त बनाउन प्रवक्ता तथा जनसम्पर्क अधिकृतका रूपमा चर्चित व्यक्तित्व अमर बहादुर चन्द नियुक्त भएका छन् ।
कम्पनीको सम्पर्क :
ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रा. लि.
इन्द्रेणी भवन, तेस्रो तल्ला, नयाँ बानेश्वर, काठमाडौं
फोन : ९८२०८१५८१५
वेबसाइट : www.ajmerafashion.com
ब्लक बुल गार्मेन्ट ट्रेडिङको यस पहलले नेपालमा गुणस्तरीय वस्त्र व्यापारलाई संस्थागत गर्न, चोरी निकासी र अवैध व्यापारलाई निरुत्साहित गर्न तथा पारदर्शी व्यापार संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।