प्रकाश भट्ट, कञ्चनपुर, ०१ साउन । सुदूरपश्चिमका सांगीतिक प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा प्रोत्साहन गर्न ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को चौथो संस्करणको आवेदन फारम खुला गरिएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कञ्चनपुरको संयुक्त आयोजनामा हुने यो प्रतिष्ठित अवार्ड कार्यक्रम यसपालि पनि भव्य रूपमा आयोजना गरिनेछ ।
सुप इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष अनुप चन्दका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ । “हामीले सन् २०७९ मा पहिलोपटक अवार्ड सुरु गरेका थियौं, त्यसयता हरेक वर्ष निरन्तरता दिँदै आएका छौं,” अध्यक्ष चन्दले बताउनु भयाे । “यसपटक पनि विभिन्न विधामा कलाकार तथा प्राविधिकहरूलाई सम्मान गरिनेछ,” उहाँले भन्नुभयो ।
मुख्य विधाहरू र उप-विधा
यस वर्षको अवार्डमा निम्न विधाहरू समावेश हुनेछन्:
🟢 गीत विधा:
- भाषाभाषी गीत
- लोक गीत
- डेउडा गीत
- आधुनिक गीत
- राना थारु गीत
- मौलिक/चाडपर्वजन्य गीत
🟢 प्रत्येक विधामा प्रदान गरिने उप-विधागत अवार्डहरू:
- सर्वोत्कृष्ट गीत
- सर्वोत्कृष्ट गायक/गायिका
- सर्वोत्कृष्ट नव गायक/गायिका
- सर्वोत्कृष्ट अभिनय (पुरुष/महिला)
- सर्वोत्कृष्ट नव अभिनय (पुरुष/महिला)
- सर्वोत्कृष्ट सर्जक / नव सर्जक
- सर्वोत्कृष्ट निर्देशक
- सर्वोत्कृष्ट संगीतकार
- सर्वोत्कृष्ट ध्वनि सम्पादन
- सर्वोत्कृष्ट एरेञ्जर
- सर्वोत्कृष्ट छायांकन
- सर्वोत्कृष्ट भिडियो सम्पादन
- सर्वोत्कृष्ट श्रृंगार
- सर्वोत्कृष्ट कोरियोग्राफर
🟢 अन्य विशेष विधाहरू:
- उद्घोषक (पुरुष र महिला)
- कला पत्रकारिता (पुरुष र महिला)
- खोज कला–पत्रकारिता (पुरुष र महिला)
अवार्डमा सहभागिता सम्बन्धी नियमहरू
✅ सहभागी शुल्क: प्रत्येक विधा रु. १०००/-
✅ विजेता छनोट प्रणाली:
- ४०% – भोटिङ
- ५०% – निर्णायक मण्डल
- १०% – आयोजक टिमको निर्णय
✅ एक पटक सहभागी भइसकेपछि कुनै विवाद गर्न पाइने छैन ।
✅ सम्पूर्ण प्रक्रिया आयोजकद्वारा तोकिएको नियमअनुसार हुनेछ ।
आवेदन र थप जानकारीका लागि सम्पर्क:
📍 नेपाल:
📞 ९८४८५४१४१० | ९८४८६९८९४४ | ९७६७४१८०९०
📍 भारत:
📞 ८८४८१५७४४५ | ९५६६२६००५७ | ८३२९२७८९११ | ९००४२९७४५२
यो अवार्ड कार्यक्रमले सुदूरपश्चिमको सांगीतिक क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ । राष्ट्रिय मञ्चमा लुकेका प्रतिभाहरूलाई उजागर गर्नका लागि यसले ठूलो भूमिका खेल्नेछ ।