Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • खानेपानी, सरसफाइ तथा स्वच्छता एवं पोषण परियोजना सम्पन्न
खानेपानी, सरसफाइ तथा स्वच्छता एवं पोषण परियोजना सम्पन्न
Ishan Memorial Hospital Adv
परियोजनाले पु¥याएको सहयोगको प्रशंसा गर्दै निरन्तर थप सहयोगको अपेक्षा
64x64
शनिबार, चैत १२, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर । दातृ गैरसरकारी संस्था युनिसेफसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरूसँगको समन्वयमा निड्स नेपालले सञ्चालन गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता एवं पोषण परियोजना (वास प्रोजेक्ट) सम्पन्न भएको छ । कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य योजना अन्तर्गत वास परियोजना लागु गरिएको थियो । उक्त परियोजनाले पहिलो, दोस्रो र तेस्रो चरण गरी विभिन्न विद्यालय, स्वास्थ्य संस्था र समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता र पोषणका क्षेत्रमा कार्य गरेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका उच्च घनत्व न्यून क्षमता भएका समुदाय र विद्यालयहरूमा लागु गरिएको तेस्रो चरणको वास परियोजनाले निर्धारित सबै कार्यहरू सकेसँगै एक कार्यक्रमका बिच समापन गरिएको परियोजना संयोजक चेष्टा शाक्यले बताउनु भयो । उहाँका अनुसार तेस्रो चरणको वास परियोजना सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर, कैलाली र डोटीमा लागु गरिएको थियो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका, कैलालीको भजनी नगरपालिका, डोटीको शिखर नगरपालिका र डोटीकै जोरायल गाउँपालिकालाई छनौट गरी परियोजना लागु गरिएको थियो । परियोजना लागु गरिएका पालिकाबाट छनौट गरी ७ वटा विद्यालयहरूलाई तीन तारे अवधारणा कार्यान्वयनमा सहयोग पुग्ने गरी र ती समुदायको जनजीवनमा सहयोग पुग्ने गरी खानेपानी, सरसफाइ, स्वच्छता र पोषणको क्षेत्रमा कार्य गरिएको छ । ती बस्तीका हजार दिने आमाहरूलाई आर्थिक सहयोग र चेतनामूलक कार्यक्रम समेत गरिएको छ । कञ्चनपुरको पुनर्वासमा नगरपालिका वडा नम्बर ८ स्थित मोतियाफाँटाको समुदाय स्तरमा ७ वटा फर्स (प्ल्याट फर्म) सहितको नल्का जडान, २५ वटा पुरानो नल्काहरूमा फर्स, ११ घरधुरीलाई शौचालय निर्माणमा रिङ सेट, प्यान, जस्ता पाता वितरण । एक जना वृद्धा एकल महिलाका लागि चर्पी निर्माण, थारु बस्ती खड्डामा ३० थान फिल्टर वितरण र १३ घरधुरीलाई चर्पी निर्माण सामग्री सहयोग गरिएको छ । त्यस्तै, नवदुर्गा स्कुलमा सेप्टी ट्याङ्की, छात्रा युरिनल शौचालय जडान, २ हजार लिटरको ट्याङ्की वितरण, ७ वटा वायोसेन्ट फिल्टर वितरण र हात धुने स्टेसन जडान तथा जीवन शक्ति स्कुलमा २ वटा हात धुने स्टेसन, ६ वटा धारा सहितको खानेपानी स्टेसन निर्माण र स्टिल ट्याङ्की सहयोग गरिएको छ । सोही बस्तीका हजार दिने आमाहरूलाई आर्थिक सहयोग र चेतनामूलक कार्यक्रम समेत गरिएको छ । 

कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ स्थित नयाँ बस्तीमा ११० वटा र कुटि बस्तीमा ३१ वटा बायो सेन्ट फिल्टर वितरण, नयाँ बस्तीमा २१ घरधुरीलाई र कुटी बस्तीमा २ घरधुरीलाई शौचालय निर्माण सामग्री सहयोग गरिएको छ । भजनीको अमर आधारभूत विद्यालयमा हात धुने स्टेसन निर्माण, छात्र र छात्रा युरिनल शौचालय जडान तथा पुनर्निर्माण तथा १ हजार लिटर क्षमताको हिल ट्याङ्की सहयोग गरिएको छ भने सूर्यमुखी बाल विकास केन्द्रमा चर्पी निर्माण, हात धुने स्टेसन जडान, पानी मोटर सहितको नल्का जडान र ट्याङ्की वितरण गरिएको बताइएको छ । त्यस्तै, हजार दिने आमाहरूलाई आर्थिक सहयोग र चेतनामूलक कार्यक्रम समेत गरिएको छ । डोटीको शिखर नगरपालिका वडा नम्बर १ सेरीको भगवती आधारभूत विद्यालयमा हात धुने स्टेसन सहितको खाजा घर, सेप्टी ट्याङ्की निर्माण र ५ सय लिटरको स्टिल ट्याङ्की सहयोग गरिएको छ । शिखर नगरपालिका वडा नम्बर ४ मुडभराको समुदायमा ३ वटा खानेपानीका धारा निर्माण, शारदा माविमा छात्र युरिनल शौचालय निर्माण, हात धुने स्थानमा टुटी जडान, पुरानो छात्रा शौचालयमा वेसन सहितको धारा जडान र टुटफुट मर्मत सम्भार गरिएको बताइएको छ । त्यस्तै डोटीकै जोरायल गाउँपालिका वडा नम्बर २ मा खानेपानी योजना अन्तर्गत मौराडी खानेपानीमा वास आउट भल्भ चेम्बर, २ वटा केबल क्रसिङ र पाइपलाइन पुनर्निर्माण, कैनखेत खानेपानी योजनामा चेन कुल्ली (घिर्नी) जडान, सामान राख्ने ठाउँ, गेट निर्माण, मुलमा ग्राभेल प्याकिङ, पाइपलाइन पुनर्निर्माण र स्टाटर जडान गरिएको छ । रामपुर नमुना माविमा बालमैत्री हात धुने स्टेसन र २ वटा खानेपानी धारा निर्माण, छात्रा शौचालय बाहिर २ वटा स्टिनेटर जडान गरिएको छ । उक्त क्षेत्रमा समेत हजार दिने आमाहरूलाई आर्थिक सहयोग र चेतनामूलक कार्यक्रम गरिएको थियो ।

युनिसेफबाट सिद्धि श्रेष्ठ र विश्वराज भट्ट तथा निड्स नेपालबाट कार्यकारी निर्देशक भवराज रेग्मी, अनुगमन, मूल्याङ्कन तथा प्रशासकीय अधिकृत प्रयागराज रेग्मी, कोभिड १९ प्रतिकार्य योजना परियोजनाका लेखा तथा प्रशासन अधिकृत गोपाल कुँवर, परियोजना संयोजक चेष्टा शाक्य सहित फिल्ड कर्मचारीहरू समेतको उपस्थितिमा निड्स नेपालको महेन्द्रनगर स्थित कार्यालयमा यही चैत्र १० गतेका दिन समीक्षात्मक बैठक गरी परियोजना सम्पन्न गरिएको छ । समीक्षात्मक बैठकपछि परियोजना संयोजक चेष्टा शाक्यले फिल्ड कर्मचारीहरूलाई टिका अबिर लगाई बिदाइ गर्नु भएको थियो । त्यसअघि खानेपानी, सरसफाइ तथा स्वच्छता एवं पोषण परियोजना अन्तर्गत गरिएका कार्यहरू र तिनको अवस्थाका बारेमा स्थलगत अनुगमन गरी योजनाको प्रगति समीक्षा तथा हस्तान्तरण कार्यक्रम गरिएको थियो । परियोजना लागु भएका क्षेत्रका जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा सरोकारवालाहरूले परियोजनाले पु¥याएको सहयोगको प्रशंसा गर्दै निरन्तर थप सहयोगको अपेक्षा गर्नु भएको छ ।

यसैबिच, कोभिड–१९ को आपत्कालीन समयमा सुनौला हजार दिनका महिला तथा किशोरीहरूमा पोषण व्यवहार परिवर्तनका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूको सामुदायिक परिचालन कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न भएको छ । सुनौला हजार दिनका महिला, किशोरी र ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूलाई लक्षित गरी डडेल्धुरा जिल्लाका सात वटै पालिकाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । युनिसेफको आर्थिक सहयोग तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटी, स्वास्थ्य कार्यालय डडेल्धुरा र स्थानीय पालिकाहरूसँगको समन्वयमा निड्स नेपालले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय डडेल्धराका प्रतिनिधि र सात वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरू गरी १० जनासँग परामर्श बैठक, सात जना पोषण अधिकृत र सात जना वृहत् पोषण कार्यक्रमका स्वयंसेवकहरूलाई मातृ, शिशु तथा बाल्यकालीन पोषण र आपत्कालीन पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम र डडेल्धरा जिल्लाका सात वटै पालिकामा १७६ जना सरोकारवालाहरूसँग सुरुवाती बैठक र कार्यक्रम सम्बन्धी अभिमुखीकरण गरिएको कार्यक्रम संयोजक दीपा भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार डडेल्धरा जिल्लाका सात वटै पालिकामा ४७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखीकरण कार्यक्रम एवं सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्क, स्यानिटाइजर र साबुन जस्ता सामग्री, मातृ, शिशु तथा बाल्यकालीन पोषण क्रियाकलापहरूका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सामुदायिक परिचालन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटी, स्वास्थ्य कार्यालय डडेल्धराका प्रतिनिधि र सात वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको उपस्थितिमा सिकाई आदानप्रदान कार्यक्रम गरी सम्पन्न गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाद्वारा ५ हजार ५ सय २८ जना किशोरीहरूलाई पोषण सम्बन्धी परामर्श, ७ हजार ६६ जना सुनौला हजार दिनका आमाहरूलाई मातृ, शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी परामर्श, ५ देखि ५९ महिना उमेर समूहका १२ हजार ५ सय ५२ जना बालबालिकाहरूको पोषणको अवस्था पत्ता लगाउन पाखुराको मध्य भागको नाप लिने कार्य गरिनुलाई उक्त कार्यक्रमको उपलब्धिका रूपमा हेरिएको कार्यक्रम संयोजक भट्टको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८, १८:१८:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/3950
हिमाल सफाइमा नेपाली सेना
https://www.nepalbodh.com/others/lifestyle/3946
मानव बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा र यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी अन्तरक्रिया
https://www.nepalbodh.com/others/lifestyle/3942
सर्वोदय शान्ति पदयात्रा 
https://www.nepalbodh.com/others/lifestyle/3936
“विपद् तथा आपत्कालीन अवस्थामा महिला नेतृत्वको शक्ति” विषयक संवाद कार्यक्रम
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP