Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
प्रदेश सरकार
  • Home
  • News
  • प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन
Ishan Memorial Hospital Adv
प्रदेशका सबै ९ वटै जिल्ला र ८८ वटै स्थानीय तहहरूसम्म पु¥याउने लक्ष्य
64x64
बिहीबार, फागुन १२, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले प्रदेशस्तरीय स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले बताउनु भयो ।

उक्त कार्यलाई विस्तार गरी सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्ला र ८८ वटै स्थानीय तहहरूसम्म पु¥याउने लक्ष्य रहेको मन्त्री खड्काले जानकारी दिनुभयो । स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रदेश सरकारले चालु वर्षलाई स्वास्थ्य सुधार वर्षका रूपमा अघि बढाएको बताउँदै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा धेरै कोणबाट सुधार भइरहेको उल्लेख गर्नुभयो । 

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र हाललाई स्वास्थ्य कार्यालय कञ्चनपुरमै स्थापना गरिएको भए पनि निकट भविष्यमा छुट्टै कार्यालय स्थापना गरिने प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख हेमराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय स्थापनाका लागि भीमदत्त नगरपालिकाले जग्गा समेत उपलब्ध गराएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको नीति र दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले अवलम्बन गरेको नीति र योजना तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेतका कानुनी प्रावधान बमोजिम पहिलो पटक प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ । घरघरमा रोग र औषधीले छुनु पूर्व गर्नु पर्ने पूर्व सावधानी र अभ्यासलाई प्रयोगमा ल्याई आम जनजीवनमा सकारात्मक प्रभाव पार्ने कार्यलाई स्वास्थ्य प्रवर्द्धन केन्द्रले प्रोत्साहन गर्ने बताइएको छ ।

तीनै तहका सरकार र सरोकारवाला निकायको स्वास्थ्य शिक्षा सम्बन्धी नीति निर्माण, कार्यान्वयन र प्रवर्द्धनका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्रले समन्वयकारी भूमिका निर्वाह गर्ने छ । त्यस्तै, हरेक क्षेत्रलाई स्वास्थ्यसँग जोडेर दूर दराजसम्म स्वास्थ्य शिक्षा अभिवृद्धि गर्ने, गलत अभ्यासलाई त्याग्न प्रेरित गरी जनजनको आचरण सुधार्ने र मनोसामाजिक परामर्श दिई मानव जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने कार्यालय प्रमुख खड्काको भनाइ छ । जसबाट हरेक नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८, १७:२५:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/pardesh-sarkar/3757
प्रदेश सरकारले कोरोना रोकथाममा गरेको कार्य प्रगति र खर्च बारे अन्तरक्रिया
https://www.nepalbodh.com/pardesh-sarkar/3727
मुख्यमन्त्री भट्टद्वारा बाढी तथा डुबानबाट बढी प्रभावित बस्तीहरूको स्थलगत निरीक्षण
https://www.nepalbodh.com/pardesh-sarkar/3675
मुख्यमन्त्री भट्टद्वारा बडा दशैँको अवसरमा शुभकामना व्यक्त
https://www.nepalbodh.com/pardesh-sarkar/3638
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP