कञ्चनपुर, ३० चैत । कञ्चनपुरको बेलौरी ४ शान्तिपुरमा अवस्थित शान्ति माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा एमाले-नागरिक उन्मुक्ति प्यानल विजय भएको छ । बुधबार भएको निर्वाचनबाट काँग्रेस- माओवादी केन्द्र प्यानललाई पराजित गर्दै एमाले-नागरिक उन्मुक्ति प्यानल विजय भएको बताइएको छ ।
दुई प्यानलमा भएको उक्त निर्वाचनमा एमाले-नागरिक उन्मुक्ति प्यानलबाट विष्णु खरेल (१९४ मत), सिता चौधरी (१९१ मत), वीर बहादुर चौधरी (१८९ मत) र दीपा चौधरी (१८६मत) निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस- माओवादी केन्द्र प्यानलबाट पवित्रा राना (१७६ मत), मोहन कुँवर (१६८ मत), घुम्मन कुमारी राना (१६८ मत) र मिना चौधरी (१६३ मत) पराजित हुनुभयो । यसअघि थुप्रै पटक सहमतीय ढङ्गबाट व्यवस्थापन समिति चयन गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि अन्ततः मतदान प्रक्रियामै जानु परेको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।