Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • लालझाडीमा रक्तदान कार्यक्रम; खखडेहरा महोत्सवको सम्पूर्ण तयारी पूरा
लालझाडीमा रक्तदान कार्यक्रम; खखडेहरा महोत्सवको सम्पूर्ण तयारी पूरा
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
सोमबार, फागुन २९, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv
हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ फागुन । कञ्चनपुरको लालझाडीमा रक्तदान कार्यक्रम गरिएको छ । लालझाडी गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा राना कला संस्कृति संरक्षण मञ्चको आयोजनामा सोमबार गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको बताइएको छ । 
 
चेतनाको अभावमा विगतमा आफ्नै घर परिवारका सदस्यहरूलाई नै रक्तदान गर्न पनि हिचकिचाहट तथा डर मान्ने समुदायका नागरिकहरूलाई रक्तदानको महत्त्व बुझाउने र चेतना दिने गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । खखडेहरा महोत्सवको पूर्व सन्ध्यामा आयोजित रक्तदान कार्यक्रमले उक्त समुदायका नागरिकहरूलाई अब रक्तदान गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि भएको कार्यक्रम संयोजक अमर रानाको भनाइ छ । 
 
यसैबिच फागुन ३० र चैत १ गतेका दिन लालझाडीको नन्दगाउँस्थित खेल मैदानमा आयोजना गरिने  खखडेहरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संयोजक रानाले जानकारी दिनुभयो । लालझाडी गाउँपालिका कार्यालयको समन्वय तथा आर्थिक सहयोगमा राना कला संस्कृति संरक्षण मञ्चले आयोजना गर्न लागेको महोत्सवको माध्यमबाट कला, संस्कृतिको संरक्षण प्रवर्द्धनसँगै मनोरञ्जन प्रदान गर्नुका साथै विशेष गरी रानाथारु समुदायमा शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई सुधार गर्न प्रेरित गर्ने उद्देश्य रहेको बताइएको छ ।
 
“अगर भविष्य बनान हए इच्छा, तओ आजस् देओ गुणस्तरीय औ नैतिक शिक्षा” भन्ने मूल नाराका साथ दोस्रो खखडेहरा महोत्सव २०७९ आयोजना गर्न लागिएको हो । कार्यक्रममा हुने मुख्य गतिविधिहरूमा रानाथारु सांस्कृतिक झाँकी प्रदर्शन, विभिन्न कलाकारद्वारा नृत्य तथा गायन, सामाजिक कुरीति विरुद्ध जनचेतनामूलक नाटक प्रस्तुत, रानाथारू परिकार, स्थानीय व्यवसायका स्टल पसलहरू सञ्चालन, शैक्षिक ÷ सामाजिक विकासका लागि नेतृत्वद्वारा प्रतिबद्धता राखिने जनाइएको छ ।
 
रानाथारू कला संस्कृतिको संरक्षण तथा खखडेहरा पर्व प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरणको सम्भावनाको खोजी, स्थानीय कलाकार र प्रतिभा पहिचानको अवसर, सांस्कृतिक पर्यटनको सम्भावनाको खोज, शैक्षिक विकासका लागि नेतृत्वलाई ध्यानाकर्षण, रानाथारू समुदायको मौलिक पर्वमा मनोरञ्जन प्रदान, युवाहरूलाई सामाजिक सचेतना तथा मनोबलको विकास शिक्षाको विकासका निम्ति व्याप्त विकृति विरुद्ध सचेतना फैलाई समुन्नत समुदायको खोजी आदि कार्यक्रमका अपेक्षित उपलब्धिहरू रहने आयोजकको दाबी छ ।
 
सामाजिक मान्यता अनुसार खखडेहरा पर्वको मूल मर्म नै होरी औपचारिक बिदाइसँगै समाजमा रोग व्याधि महामारी लगायत प्रेत आत्माहरूलाई प्राचीन मान्यता अनुसार गाउँवासीहरू संयुक्त रूपमा कुट्ने (खखडेहरा कुटेर फुटाउने) प्रचलन छ र गलत तत्त्वको अन्त्य भएको मान्यता अनुरूप खुसीयाली मनाउने पर्वको रूपमा खखडेहरा रहेको छ । तर प्राचीन मान्यता त्यो रहे पनि वर्तमान समयमा प्रायः रानाथारू समुदायको गलत तत्त्वको रूपमा विभिन्न विकृतिहरू छरपस्ट रूपमा रहेका छन् । तिनलाई सुधार्ने अभियानका रूपमा पनि यो महोत्सव सञ्चालन गर्न गइरहेको आयोजकको दाबी छ ।
 
रानाथारू समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले फागुन ३० गतेका दिन कञ्चनपुर र कैलाली जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कञ्चनपुर र कैलालीमा स्थायी बसोबास गर्ने रानाथारू समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा राजपत्रमा चैत्र १ गते बिदा दिने भनिए तापनि सोलाई संशोधन गरी फागुन ३० गतेका दिन बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णु दत्त अवस्थीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९, २१:४८:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/health/4490
लालझाडीमा सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धी सचेतना कार्यक्रम
https://www.nepalbodh.com/social/health/4489
पत्रकारहरूका लागि निःशुल्क आँखा जाँच शिविर
https://www.nepalbodh.com/social/health/4432
दश लाख बढी मूल्यको अवैध औषधी बरामद
https://www.nepalbodh.com/social/health/4406
गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सरकारको निर्णय
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP