डडेल्धुरा, ०९ जेठ । डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ निवासी देउवाको ७२ वर्षको उमेरमा कालगतिले नै निधन भएको हो । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आउनु भएका देउवा देशभरमै चर्चित व्यक्ति हुनुहुन्थ्यो । उहाँले उक्त व्यवसाय सुरु गरेपछि नै पछिल्लो समयमा साहुखर्कमा अन्य थुप्रै खिर पसल पनि सञ्लालनमा आएका छन् ।