कञ्चनपुर, १० पुस । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बेलौरीको तेस्रो नगर अधिवेशन सम्पन्न सम्पन्न भएको छ । तेस्रो नगर अधिवेशनले दीपेन्द्र कुमार चौधरीकाे अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, बेलौरी नगर समिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा सत्यराज जोशी, महिला उपाध्यक्षमा उमा कुमारी चौधरी, सचिवमा परमानन्द जोशी, काेषाध्यक्षमा इन्द्रदेव भट्ट, सहसचिवमा निर्मला भट्ट र सहकाेषाध्यक्षमा पशुपति विष्ट चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा छटक बहादुर चौधरी, लाल बहादुर शाही, जयराम सुनार, रमेश चौधरी, किशन सिंह रावल, बाबुराम खरेल, जलवीर विश्वकर्मा, दान बहादुर बोहरा, श्रीधर आचार्य, महिला सदस्यहरूमा दुर्गा शर्मा खनाल, आरती शाही र सावित्री कार्की चयन हुनु भएको निर्वाचन समितिका सदस्य चन्द्रदेव रिजालले जानकारी दिनुभएको छ ।
सङ्गठनको प्रदेश प्रतिनिधिमा रामदत्त भट्ट, रामसिंह बिष्ट, सी.पी. पोखरेल, राधा काफ्ले र जयन्ती पन्त चयन हुनुभएको छ । बाँकी थप २ जना सदस्य र १ जना महिला सदस्यका साथै संस्थागत विद्यालयबाट १ जना महिला र सेवा निवृत्त शिक्षकहरू मध्येबाट एक महिला सहित २ जनापछि समितिको बैठकले चयन गर्ने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बेलौरीका निवर्तमान अध्यक्ष हरिप्रसाद रिजालले जानकारी दिनुभयो । निर्वाचन समितिले शनिबार औपचारिक रूपमा नवनिर्वाचित पदाधिकारीहरुकाे घोषणा र शपथ ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका कञ्चनपुर जिल्ला अध्यक्ष भवानी चन्द प्रमुख अतिथि रहनु भएको थियो भने जिल्ला उपाध्यक्ष वेद प्रसाद उपाध्याय, जिल्ला सचिव विरराम सार्की, जिल्ला समिति सदस्य नन्दलाल चौधरी र नगर समिति भीमदत्तका अध्यक्ष सोमराज जोशीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू र प्रदेश प्रतिनिधिहरूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियाे ।
निवर्तमान अध्यक्ष हरिप्रसाद रिजालले नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कुमार चौधरीलाई माईन्युट तथा कागजात हस्तान्तरण गरी पदवहाली गराउनु भएको थियाे । सोही क्रममा निवर्तमान अध्यक्ष रिजालले अधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने र सहभागी हुनु हुने सम्पूर्णलाई धन्यवाद सहित निवर्तमान कार्यसमिति प्रति आभार व्यक्त गर्दै नवनिर्वाचित समतिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियाे । कार्यक्रममा जिल्ला सचिवालय सदस्य धनञ्जय जोशीको पनि उपस्थिति रहेको थियाे । निर्वाचित पदाधिकारी एवम् सदस्यहरूको घोषणा कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान सहसचिव खडक रेग्मी भट्टले गर्नुभएको थियाे । त्यस्तै, नवनिर्वाचित उपाध्यक्ष सत्यराज जाेशीले स्वागत गजल गाउनु भएको थियाे । बधाई तथा शुभकामना कार्यक्रम नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको थियाे भने कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव परमानन्द जोशीले गर्नुभएको थियाे ।