हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ पुस । कञ्चनपुरको बेलौरीस्थित पौलाहा गाउँमा माघी मिलन कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिका वडा नम्बर ७ को कार्यालयको प्रायोजन र चौधरी समुदायको चाडपर्व भेषभुषा संस्कृति संरक्षण समितिको आयोजनामा माघी मिलन कार्यक्रम गरिएको वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । 'थारु एकता हमार शान, संस्कृति बचैना हमार अभियान' भन्ने मूल नाराका साथ बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहा स्थित कल्याण माविको प्राङ्गणमा आइतबार ७ नम्बर वडा स्तरीय माघी मिलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मघौटा, झुम्रा लगायतका नृत्यहरू, सांस्कृतिक झाँकी तथा गीतसङ्गीत र कलात्मक प्रस्तुति राखिएको थियो । सो कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, वडाध्यक्षहरू कलवीर चौधरी, सीताराम रिजाल, भोजराज चौधरी, प्रकाश श्रेष्ठ, वडा सदस्यहरू, भलमन्सा, गाउँका भद्रभलादमी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । सबैले एकापसमा शुभकामना आदानप्रदान तथा थारु परिकारको स्वाद लिएको बताइएको छ ।
पश्चिम तराइका जिल्लाहरूमा थारु समुदायको नयाँ वर्षका रूपमा मनाइने माघीको रौनक छ । गीतसङ्गीत, खानपिन र नयाँ नेतृत्व चयन गरिने परम्परालाई निरन्तरता दिँदै थारु समुदाय माघी मनाइरहेको देखिन्छ । कञ्चनपुरका थारु बस्तीमै पुगेर तयार गरिएको स्थलगत रिपोर्ट ...