हरिश्चन्द्र बाग, कञ्चनपुर, १० असोज । कञ्चनपुरको बेलौरी नगरपालिकामा जेन-जी पुस्ताका युवाहरू र समर्थकहरूको दैनिकी बनेको छ, कालो पट्टी र ब्यानरसहित शान्तिपूर्ण प्रदर्शन । यही असोज २ गते नगरपालिका कार्यालयमा बुझाइएको माग पत्रको सुनुवाइ नभएपछि उनीहरूले दैनिक बिहान १० देखि ११ बजेसम्म कार्यालय गेटमै कालो पट्टी बाँधी, हातमा कालो ब्यानर समातेर शान्तिपूर्ण विरोध जारी राखेका छन् ।
जेन-जी बेलौरीका प्रमुख मागहरू :
१. संविधान चोकलाई Gen-Z चोक को रूपमा आधिकारिक घोषणा गर्नुपर्ने ।
२. राजनीतिक नियुक्ति पाएका सम्पूर्ण करार कर्मचारीलाई बर्खास्त गर्नुपर्ने ।
३. नगरभित्र अलपत्र परेका सडक तत्काल मर्मत–सम्भार गर्नुपर्ने ।
४. सरसफाइ र ढल निकासको व्यवस्थापन गर्नुपर्ने ।
५. बन्द हाटबजारलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने ।
६. निर्माण सम्पन्न सार्वजनिक सम्पत्तिको संरक्षण र सञ्चालन गर्नुपर्ने ।
युवाहरू भन्छन्, “हाम्रो पुस्ताको हकहित, शिक्षा, रोजगारी, प्राविधिक अवसर र स्वतन्त्र अभिव्यक्ति जस्ता मुद्दामा नगरपालिका संवेदनशील हुनुपर्ने हो ।”
वार्तामै असहमति : सर्वदलीय र सर्वपक्षीय बैठकमा सहभागी नहुने
चौतर्फी आलोचनापछि बेलौरी नगरपालिका कार्यालयले बिहीबार दिउँसो प्रदर्शनरत युवाहरूलाई वार्ताका लागि बोलाएको थियो । तर सर्वदलीय र सर्वपक्षीय बैठकमा सहभागी नहुने अडानसहित उनीहरू वार्ता स्थलमै गएर बहिष्कार गरी फर्किएका थिए । नगरपालिकाले गठन गरेको सर्वदलीय वार्ता टोलीमा आफूहरू सहभागी नहुने उनीहरूको भनाइ छ ।
जेन-जी बेलौरी तथा समर्थकहरूको वार्ता सम्बन्धी अडान :
१. वार्तामा जेन-जी बेलौरी तथा समर्थकको तर्फबाट कम्तीमा १० जना प्रतिनिधि हुनुपर्ने ।
२. बैठकमा बेलौरी नगरपालिकाका कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र पत्रकार मात्र उपस्थित हुनुपर्ने ।
३. बैठकमा कुनै पनि राजनीतिक दलका व्यक्ति वा छलफलसँग सम्बन्धित नभएका कर्मचारी हुनु नपर्ने ।
४. बैठक पूर्ण रूपमा प्रत्यक्ष प्रसारण (Live) हुनुपर्ने ।
नगरपालिकाले आफ्ना माग सम्बोधन नगरेको भन्दै जेन-जी पुस्ताका युवाहरू र समर्थकहरूले शुक्रबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रबार उनीहरूले बजार परिक्रमा गरी र्याली समेत निकालेका थिए । यस अवधिमा उनीहरूले नगरपालिका कार्यालयको गेटमा पुगेर टाउकोमा कालो पट्टी बाँधी हातमा कालो ब्यानर समातेर विरोध जनाइरहेका छन् । माग पूरा नभएसम्म दबाबका कार्यक्रम निरन्तर सञ्चालन गर्ने उनीहरूको चेतावनी छ ।
👉 बाँकी हेर्नुहोस्, भिडियोमा...
जेन-जी प्रदर्शन र त्यसबाट सिर्जित पछिल्लो अवस्था र समसामयिक विषयमा कञ्चनपुरको बेलौरी नगर कार्यपालिकाले गरेका निर्णयहरू सार्वजनिक गर्दै नगर प्रवक्ता हर्कबहादुर भुल...