Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा मत गणना सम्पन्न
कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा मत गणना सम्पन्न
Ishan Memorial Hospital Adv
64x64
सोमबार, जेठ ९, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा मत गणना सम्पन्न भइसकेको छ ।

भीमदत्त नगरपालिका

भीमदत्तको मेयरमा काँग्रेसका पदम बोगटी र उपमेयरमा निलम जोशी निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका पदम बोगटी निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गर्नुभएको भीमदत्त नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश प्रसाद पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गर्नुभयो । त्यस्तै, भीमदत्त नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका निलम जोशी निर्वाचित हुनु भएको छ । उहाँले १२ हजार २ सय १६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण दत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धामीले बताउनु भएको छ ।

पुनर्वास नगरपालिका 

पुनर्वासको मेयरमा काँग्रेसका तोय प्रसाद शर्मा र उपमेयरमा भुलिया राना निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोय प्रसाद शर्मा निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित शर्माले १० हजार ६ मत प्राप्त गर्नुभएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गर्नुभयो । त्यस्तै, पुनर्वासको उपमेयरमा नेपाली काँग्रेसका भुलिया कुमारी राना निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जोशीले बताउनु भएको छ ।

 शुक्लाफाँटा नगरपालिका

शुक्लाफाँटाको मेयरमा एमालेका महरा र उपमेयरमा काँग्रेसका जोशी निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका रण बहादुर महरा निर्वाचित हुनु भएको छ । नगर प्रमुखमा निर्वाचित महराले ६ हजार ७ सय ७३ मत प्राप्त गर्नु भएको शुक्लाफाँटाका निर्वाचन अधिकृत तारा प्रसाद जोशीले बताउनु भयो । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ६ हजार २ सय ६४ मत प्राप्त गर्नुभयो । त्यस्तै, शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका कल्पना कुमारी जोशी निर्वाचित हुनु भएको छ । नगर उपप्रमुख जोशीले ६ हजार ५ सय १९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका माधव प्रसाद पन्तले ५ हजार ३ सय ६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तारा प्रसाद जोशीले जानकारी दिनुभयो ।

कृष्णपुर नगरपालिका

कृष्णपुरको मेयरमा काँग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हेमराज ओझा निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गर्नुभएको कृष्णपुरका निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले जानकारी दिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जोगराम चौधरीले ८ हजार २ सय मत प्राप्त गर्नुभयो । त्यस्तै, कृष्णपुरको उपमेयरमा नेपाली काँग्रेसका द्रोपती राना निर्वाचित हुनु भएको छ । उहाँले ९ हजार ६ सय ७५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमिता कुमारी रानाले ७ हजार ३ सय १६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बुढाले बताउनु भएको छ ।

वेदकोट नगरपालिका

वेदकोटको नगर प्रमुखमा काँग्रेसका बोहरा र उपप्रमुखमा जोशी निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ जेठ । कञ्चनपुरको वेदकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका भोजराज बोहरा निर्वाचित हुनुभएको छ । नगर प्रमुख बोहराले ८ हजार ७८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीला सिंहले ४ हजार ७ सय ४०, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८ सय ९८ तथा राप्रपाका बम बहादुर बमले १ हजार ७ सय ५१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, वेदकोट नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै श्रीमती तुलसी देवी जोशी निर्वाचित हुनुभएको छ । उपप्रमुख जोशीले ७ हजार २ सय ५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका पार्वती कुमारी भट्टले ५ हजार ७ सय २७ मत तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट माओवादी केन्द्रका हिरा जैसीले ३ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको वेदकोटका निर्वाचन अधिकृत जयन्ती अवस्थी भट्टले जानकारी दिनुभयो ।

दोधारा चाँदनी नगरपालिका

 दोधाराचाँदनीको नगर प्रमुखमा एमालेका किशोर कुमार लिम्बु निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ जेठ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका किशोर कुमार लिम्बू निर्वाचित हुनुभएको छ । लिम्बूले ७ हजार १ सय ४ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल दत्त भट्टले ६ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो । त्यस्तै दोधारा चाँदनी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका गङ्गा देवी जोशी निर्वाचित हुनुभएको छ । जोशीले ६ हजार ३ सय ६५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खीमा चन्दले ५ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेलौरी नगरपालिका

बेलौरीको मेयरमा माओवादीका पोतीलाल चौधरी र उपमेयरमा एमालेका जोगराम चौधरी निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ८ हजार ७ सय ८७ मत प्राप्त गर्नु भएको बेलौरीका निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारी कमला बोहराले ६ हजार ८ सय ३, नेपाली काँग्रेसका हरेन्द्र सिंह बिष्टले ६ हजार ३ सय १२ राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ७५४, राष्ट्रिय जनमोर्चाका रङ्ग बहादुर चौधरीले २०४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरी थारुले ५८ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ५ सय ८३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेकपा माओवादी केन्द्रका मञ्जु शाहले ६ हजार ८ सय ३५, नेपाली काँग्रेसका खिना भण्डारीले ६ हजार ६ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालमति वडायक रानाले ७८५, नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले ७०९, राष्ट्रिय जनमोर्चाका लक्ष्मी देवी चौधरीले २०६ र जनता समाजवादी पार्टी नेपा पार्वती रानाले ५६ मत प्राप्त गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिका वडा नम्बर १, ५, ८ र १० मा पुरै प्यानल तथा वडा नम्बर २ मा ४ जना सदस्यहरू निर्वाचित हुनु भएको छ । त्यस्तै, नेकपा एमालेबाट बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ मा पुरै प्यानल, वडा नम्बर ६ मा वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित हुनु भएको छ । नेपाली काङ्ग्रेसबाट बेलौरी नगरपालिका वडा नम्बर ७ र ९ मा पुरै प्यानल तथा वडा नम्बर ६ मा एक जना सदस्य निर्वाचित हुनु भएको निर्वाचन अधिकृत धामीले बताउनु भयो ।

बेलडाँडी गाउँपालिका

बेलडाँडी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका हरिश चन्द्र राना निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ जेठ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हरिश चन्द्र राना निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टलाई १ हजार ८ सय २ मत अन्तरले पराजित गर्दै काँग्रेसका हरिश चन्द्र राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टले २ हजार ३ सय १, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले १ हजार ७ सय ६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शान्ति नाथ निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका शान्ति नाथले ३ हजार ६ सय ७३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेकपा एमालेका फुलदेवी रानाले ३ हजार २ सय २७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९ सय ७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका बसन्ती चौधरीले २३० मत प्राप्त गर्नुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले बताउनु भयो ।

लालझाडी गाउँपालिका

लालझाडी गाउँपालिकाको अध्यक्षमा एमालेका निर्मल राना निर्वाचित ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मत अन्तरले पराजित गर्दै एमालेका निर्मल राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष निर्मल रानाले ४ हजार ५ सय १६ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकले २ हजार ८ सय ५८, नेपाली काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८ मत प्राप्त गर्नुभयो । राप्रपाका जय बहादुर बिष्ट ४८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका केशव वडायक १७ मत र जनता समाजवादी पार्टी, नेपालका बल राम राना (थारु) १३ मतमा सीमित रहेका छन् । 

लालझाडी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका सपना चौधरी राना निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधा रानालाई ६८ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेपाली काँग्रेसका राधा रानाले ३ हजार ४ सय ९३, नेकपा माओवादी केन्द्रका सत्य देवी महराले २ हजार ७ सय ३२ र जनता समाजवादी पार्टी नेपालका इन्द्रावती बडायकले १३ मतमा सीमित रहेको बताइएको छ । लालझाडी गाउँपालिका वडा नम्बर १, २ र ५ मा नेकपा एमाले, वडा नम्बर ३ र ४ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९, ०६:३०:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4079
बेलौरीको नवौँ नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित
https://www.nepalbodh.com/local-government/4078
बेलडाँडी गाउँपालिकाको ११ औँ गाउँ सभा अधिवेशन सुरु
https://www.nepalbodh.com/local-government/4069
पुनर्वासमा बाल अधिकार सुनिश्चितताका लागि १५ सदस्यीय समिति गठन
https://www.nepalbodh.com/local-government/4061
बेलडाँडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन : कार्यपालिकाबाट गरिएका निर्णयहरू सार्वजनिक
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP