कञ्चनपुर, २५ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित नवदुर्गा मधुवन टोल विकास समितिको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शमरजङ्ग बहादुर चन्दको अध्यक्षतामा समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा मान बहादुर चन्द, सचिव राजेन्द्र आग्री, सहसचिव महेन्द्रा भट्ट र कोषाध्यक्षमा लक्ष्मी धामी चयन गरिएका छन् । यसैगरी सदस्यमा उर्मिला थापा, जित बहादुर बम, शोभान सिह विष्ट, रन्जना चन्द, भान सिह रावल, कलावति साउद, जानकी गिरी, मानमति नाथ, अन्जदेबी बम, सविता चन्द, सरिता चन्द, यशोदा देबी रोकाया धामी, मन्जु सिह र जयन्ती धामी चयन गरिएका छन् ।
साधारण सभाबाट बीर बहादुर चन्द विश्राम, नर बहादुर चन्द, किरण बम, तेजु आग्री, महेन्द्र खडका, प्रेम सिह भाट, बीर बहादुर चन्द, लोकराज भट्ट, भीमसेना थापा, जयदत्त भट्टलाई सल्लाहकारमा चयन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यमा गरिएको साधारण सभा तथा अधिवेशन उद्घाटन गरिएको छ । कार्यक्रममा भीनपा ६ का अध्यक्ष हरक सिह धामी विशिष्ठ अतिथि थिए ।
कार्यक्रमका प्रमुख अतिथि रावल, विशिष्ठ अतिथि धामी सहित भीनपा ७ का अध्यक्ष शंकर कुँबर, भीनपा ६ का वडा सदस्य अर्जुनदेब भट्ट, नेकपाका नेता रविन्द्र कुँबर, उपेन्द्र कुँबर, काँग्रेसका वडा सभापति काँग्रेस महेन्द्र खड्का, अखिलका धर्मराज जोशी, साहित्यकार बीर बहादर चन्द विश्राम, प्याब्सनका सचिव बीर बहादुर चन्द, लक्ष्मी मावि दोधाराका प्रधानाध्यापक लोकराज भट्ट, वडा नं. ६ का सचिव राज बहादुुर थापा लगायतका सहभागी भएका छन् ।
उद्घाटन कार्यक्रममा गत वर्ष दश जोड दुईको व्यवस्थापन संकायमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ पार्वती पाण्डेयलाई नगद दुई हजार पाँच सय पुरस्कार प्रदान गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा भीनपा ६ का मदन चन्द र उनकी धर्मपत्नि मधुदेबी चन्दले वडा कार्यालयलाई कला, संस्कृति तथा ज्येष्ठ नागरिक मिलन भवन बनाउन दान दिएको एक कट्टा जग्गाको पूर्जा वडा अध्यक्ष हरक सिह धामीलाई हस्तान्तरण गरिएको छ । चन्द पुत्र शमरजङ्ग चन्दले वडा अध्यक्ष धामीलाई पूर्जा हस्तान्तरण गरे ।
चन्दको अध्यक्षतामा गत वर्ष टोल विकास संस्थाको तदर्थ समिति गठन गरिएको थियो । टोल समितिमा २ सय २८ सदस्य छन् । समितिले टोल सरसफाई, लागु औषध दुव्र्यसन विरुद्ध सचेतना मुलक लगायतका कार्यक्रम गर्दै आएको छ । फागुन ३ गते टोल वसिन्दाको निःशुल्क स्वास्थ्य जाँच गर्ने कार्यक्रम गरिने भएको छ । यसका लागि लाइफ केयर प्याथोलोजीका सञ्चालक रमेशचन्द्र ओझासित सम्झौता गरिएको छ ।